नगर प्याब्सन फुटबलको उपाधी बाल्मिकि मेमोरियललाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

नगर प्याब्सन फुटबलको उपाधी बाल्मिकि मेमोरियललाई

साइनो समाचारदाता/ पथरी, १२ पुस,  नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उपाधी डिफिन्डिङ च्याम्पियन बाल्मिकि मेमोरियल आवासिय विद्यालयले उचालेको छ । जित संगै बाल्मिकिले जिल्ला प्याब्सन फुटबल खेल्ने ढोका खोलेको छ ।

११ गते बुधबार भएको प्रतिस्पर्दात्मक फाइनल खेलमा न्यू पेगोडा अग्रेजी मा वि पथरी शिनश्चरे १ लाई सडन डेर्थमा ६-५ गोलको अन्तरले पराजित गर्दै डिफिन्डिङ च्याम्पियन बाल्मिकि उपाधी कब्जा गरेको हो । निर्धारीत समयमा २/२ गोलको बरावरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । दुई पटकको अग्रता जोगाउन नसक्दा खेल ट्राइबेकर हुदै सडन डेर्थमा पुगेको थियो । ट्राइबेकरमा दुबै तर्फबाट बराबरी भए पछि बाल्मिकिले सडन डेर्थमा प्रर्लाद पराजुलीको गोल मार्फत नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलको ९ औं मिनेटमा बाल्मिकिका बिबेक मगरले गोल गर्दै अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा न्यू प्यागोडाका आदित्य राई गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २२ औं मिनेटमा बाल्मिकिका उज्जल राईले गोल गर्दै खेल २-१ अग्रता दिलाए । पहिलो हाफ १ गोलले पछि परेको न्यू पेगोडाका लागि दोस्रो हाफमा सचिन धिमाल १ गोल गर्दै खेल बराबरीमा पुर्यायो ।

विजेता बाल्मिकिले नगद, ट्रफी तथा मेडल प्राप्त गर्यो भने र उपविजेता न्यू पेगोडाले  पुरस्कृत गरिएको प्राप्त गर्यो  ।खेलको सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई घोषित भए । प्रतियोगितामा पथरीशनिश्चरे नगरका १८ निजी विद्यालयमा अध्ययरत १५ बर्ष मुनिका छात्रहरुको सहमागी रहेका नगर ब्याब्सन अध्यक्ष सुरेन्द्र लिम्मुले जानकारी दिनु भयो ।

कार्यक्रममा नगरबाट उत्कृष्ट अंक ल्याई एस ई ई उतिण गर्ने प्याराडाईज स्कूलका निश्चल काफ्ले र रेडस्टार माविका विपिन पोख्रेललाई सम्मान गरिएको थियो। प्याराडाईजका काफ्लेले एस ई ई परीक्षामा ३.९५ जीपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए भने रेडस्टार माविका विपीन पोख्रेलले कक्षा १२ ( एस एल सी) व्यवस्थापन संकायमा ३.८१ जिपिए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन बुढाथोकी, प्याब्सन कोशी प्रदेश प्याब्सन प्रदेश सहसचिव नोबल किशोर खनाल, मोरङ जिल्ला सल्लाहकार टिका प्रसाद दंगाल, प्रमुख सल्लाहकार उपेन्द्र कँडेल, ईलाका प्रहरी कार्यालय पथरीका डि.एस. पी. गणेश श्रेष्ठ लगायतले पुरस्कृत गर्नु भएको थियो ।

पुष ९ गते देखि ११ गते सम्म निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल पथरी शनिशचरे नगर समितिको आयोजनामा फुटवल प्रतियोगिता संचालन भएको थियो ।

https://www.facebook.com/media/set/?vanity=sainomedia&set=a.754283303383066&__cft__[0]=AZUMYG31ReECP5zWzgdSwH3cT1pZ5TSpbAouSmbgADvzqfyau21I28UWWEPMpHTlf2guabUHHZjzsoKY7Er6blovJVdbThExaKpRRDTCLGF3RPaIxC_qpVCd-6KDiYTntkhrvwT_KNEV8YKTxfUgTVnYOeovYLdcJKxvSQCilVI8jkwFXTOBL_zS5uuokCSDVps&__tn__=-R

सम्बन्धित खवर