‘सिंगिङ स्टार’ को उपाधी पथरी शनिश्चरेको अन्नपूर्णका निश्हित विश्वकर्मालाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

‘सिंगिङ स्टार’ को उपाधी पथरी शनिश्चरेको अन्नपूर्णका निश्हित विश्वकर्मालाई

एस बी एस सी ‘सिंगिङ स्टार’को उपाधी अन्नपूर्णका सेकेण्डरी स्कुलमा पथरी शनिश्चरेका  निश्हित विश्वकर्माले जितेका छन । मोरङको पथरी शनिश्चरे स्थित अन्नपूर्ण सेकेण्डरी स्कुलमा अध्ययनरत निश्हित विश्वकर्माले  १३ जना प्रतिस्पर्दीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्।

विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको एस बी एस सी ‘सिंगिङ स्टार’को फाइनलमा  विश्वकर्माले चर्चित गायक गायिकाले गाएका गीत प्रस्तुत गर्दै सबैलाई मन्त्रमुग्ध बनाउन सफल भए। संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको प्रतियोगिताको ‘फस्ट रनरअप’ दुई जना घोषित भएका छन्। उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलमा अध्ययनरत छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेण्डरी स्कुलकी प्रशूनेहा ठाकुर ‘फस्ट रनरअप’ भएका हुन्। प्रतिस्पर्धामा तामाङ र ठाकुरले बराबरी अंक ल्याएका थिए।

पथरीशनिश्चरेस्थित एभरेष्ट स्कुलकी रोशनी गुरुङ प्रतियोगिताको ‘सेकेण्ड रनरअप’ भइन्। प्रतियोगितामा विजेतालाई २५ हजार, द्धितीयलाई १५, तृतीयलाई १० र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा निर्णायकको भूमिका गायक साजन राईले निर्वाह गरेका थिए।

‘आवाज तपाईंको, गौरव राष्ट्रको, देन निजी विद्यालयको’ भन्ने मूल नाराका साथमा प्रत्येक वर्ष एसबीएससी ‘सिंगिङ स्टर’ हुँदै आएको छ। प्रतियोगिताका विजेतालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले पुरस्कार वितरण गरे। फाइनल प्रतिस्पर्धाको प्रमुख अतिथि रहेका मेयर कोइरालाले विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताको ठूलो महत्व रहने बताए।

मोरङ जिल्लाभरिबाट विभिन्न चरणको अडिसनमा छनोट हुँदै विद्यार्थीहरु प्रतियोगिताको फाइनलमा पुगेका हुन्। गत साउनदेखि सुरु भएको अडिसन राउण्डमा ३ सय विद्यार्थी सहभागी भएका थिए। विभिन्न चरणको अडिसन राउण्डबाट छनोट हुँदै फाइनलमा १४ जना पुगेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था एवं प्याब्स विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए। यो प्रतियोगिताले प्रत्येक वर्ष निरन्तरता पाउने उनको भनाइ छ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकराम ढकाल, अभिभाव संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इन्द्र राईलगायत उपस्थित थिए।

सम्बन्धित खवर