सहकारी अभियन्ता गोमा नेपालको नेफ्स्कुनको उपाध्यक्षमा उमेद्वारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, फागुन १६, २०८०

सहकारी अभियन्ता गोमा नेपालको नेफ्स्कुनको उपाध्यक्षमा उमेद्वारी

नेपाल बचत तथा ऋण सहकारी सङ्घ लि. (नेफ्स्कुन) की सदस्य तथा सहकारी अभियान्ता गोमा नेपालले नेपाल बचत तथा ऋण सहकारी सङ्घ लि. (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नु भएकी छ ।  गोमा नेपाल मोरङको नारी सङ्कल्प साकोसको अध्यक्ष हुनुहुन्छ । यस अघि लगातार दुई कार्यकाल सञ्चालक सदस्य निर्वाचित हुनु भएकी नेपाल यस पटक पदाधिकारीमा उठ्ने तयारीमा हुनुहुन्छ ।

खासगरी नेफ्स्कुनलाई साना ठूला सबैखाले सहकारीको अभिभावक बनाउने मुद्धालाई अघि सारिरहनु भएकी नेपालले सहकारी सञ्जालको ब्यवस्थापन अहिले चुनौतिका रुपमा रहेको बताउँदै आउनु् भएको छ । ३२ औं वार्षिक साधारणसभा, अबको नयाँ नेतृत्व चयन र साकोसको आगामी बाटोको विषयमा नेपालसँग गरिएको कुराकानीको सारसंक्षेप ।

३२ औं साधारणसभा आउन केही दिन मात्र बाँकी छ ? अहिले के मा ब्यस्त हुनुहुन्छ ? 

हो, साधारणसभाको मिति नजिकिदै गएको छ । यो साधारणसभाले ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ,त्यसैले ब्यवस्थापकीय मात्र होइन । अबको नेतृत्वले चुनौतिका बिच अवसरको खोजि गर्नुपर्ने हुन्छ । आफू पनि उमेद्वार भएकोले प्रारम्भिक सहकारी संस्थाबाट प्रतिनिधि बनेर आउनु भएका साथीहरूसँग भेटघाट चलिरहेको छ ।

नेफ्स्कुनको नेतृत्व पनि पछिल्लो समय आशन, भाषण र शासन केन्द्रीत हुँदै गएको आरोप छ नि ? 

नेफ्स्कुन बचत ऋण सहकारीको छाता सङ्घ हो । छाता सङ्घको नेतृतवमा पुगेपछि माथि भनिएका कुरा थोर बहुत जोडिन्छ नै । तर, त्यसैमा नेतृत्व केन्द्रीत भयो भनियो भने पाप लाग्छ । किनकी साकोस अभियान बिगतको तुलनामा धेरै समृद्ध र सफल भएको छ । नेफ्स्कुनका हरेक कार्यक्रम प्रारम्भिक सहकारीको श्रीवृद्धिका लागि केन्द्रीत छन् । तर, कसले कति ज्ञान प्राप्त गर्न सक्छ वा लिन सक्छ भन्ने कुरा उसको क्षमतामा निर्भर हुन्छ । प्रारम्भिक संस्थाको माग,आवश्यकता अनुसार नै नेफ्स्कुनका कार्यक्रम बन्ने गरेका छन् । त्यसैले आसन, भाषण र शासनका लागि नेतृत्व केन्द्रीत छ भन्नु फगत आरोप मात्रै हो ।

नेफ्स्कुनले जति नै स्कुलिङ गरेपनि पछिल्ला ३/४ वर्ष यता सहकारीको सामाजिक शाख त गुमेको छ नि ?

हो, बिगतको तुलनामा सहकारीकोे साख गुमेको छ । तर, कस्ता सहकारीका कारण आम सहकारीको साख गुम्यो । त्यो महत्वपूर्ण विषय हो । देशभरका नेफ्स्कुनसँग आवद्ध ५हजार साकोस मध्ये १ प्रतिशत साकोसमा समस्या देखिएको होला । तर, ति पनि फर्कनै नसक्ने गरी बिग्रिएका होइनन्। केही प्राविधिक समस्या भयो होला ।नेफ्स्कुनको स्कुलिङमा रहेका राम्रा सहकारीको चर्चा नै भएन । जहाँ समस्या देखियो ति सहकारीहरूका कारण अरु सहकारी प्रति पनि मानिसको दृष्टिकोण बदलिएको छ । सहकारी प्रति बदलिएको दृष्टिकोणलाई पूर्व अवस्थामा ल्याउनु अबको हाम्रो मुख्य काम हो । सहकारीमा ५६ प्रतिशत महिला सहभागिता रहेको छ । तर, महिला नेतृत्वमा पुग्नै पाउँदैनन् । आज पनि दिएको पदमा बस्नुपर्ने बाध्यता छ । आजसम्म जहाँ जति सहकारी संस्था समस्याग्रस्त भए ,त्यसमा महिलाद्वारा सञ्चालित एउटा पनि सहकारी बिग्रिएको छैन् । मैले लैङ्गिक विषय उठान गर्न खोजेको होइन । तर, भएको यर्थाथलाई त मान्नु प¥योनि ।

साकोस अभियानका मुख्य चुनौति के देख्नु भएको छ ? तपाईले उठान गर्ने विषय के हुन ?

साकोस सञ्जाल व्यवस्थापन अहिलेको प्रमुख विषय हो । खासमा अन्तर्राष्टिय सहकारी महासंघ, विश्व ऋण परिषद् र एशियाली ऋण महासंघले पनि सञ्जाल व्यवस्थापनलाई उच्च महत्व दिएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने सञ्जाल व्यवस्थापन चुनौतीको विषय बनेको छ । मुलुक संघीयतामा गएसँगै सहकारी र साकोस अभियानको तहगत संरचना के कस्तो हुने भनेर बहस चलेको छ । क्रिया र प्रतिक्रियाहरु आएका छन् । नेफ्स्कून र अझ मेरो तर्फबाट भन्नुपर्दा अभियान, सरकार र सरोकारवालाहरुसँगको वृहत् गोलमेच सम्मेलन मार्फत यो विषयमा साझा धारणा बनाउनुपर्छ । तहगत संरचना अन्तर्गत कुन संघले के काम गर्ने भन्ने प्रष्टता आवश्यक भएको छ । प्रारम्भिक संस्थाहरुबाट पनि निकै जोडदार आवाज उठेको छ । म निर्वाचित भएपछि यो विषयलाई प्रधानताका साथ उठाउँछु । हामीले बुझ्नुपर्ने कुरा के हो भने सञ्जाल हाम्रो शक्ति हो । एकका लागि सबै र सबैका लागि एक तथा बसुधैव कुटुम्बकम जस्ता सहकारीका मन्त्रहरुले पनि प्रत्यक्ष परोक्षरुपमा बलियो सञ्जालको परिकल्पना गर्दछ । सबैको डिफाइन्ड रोल र रेस्पन्सिबिलीटी हुँदा समस्या हुँदैन भन्ने लाग्छ । हामीलाई एशियाली ऋण महासंघले पनि आफ्नो रणनीतिक मार्गचित्रमा भएको सञ्जाल व्यवस्थापनमा विशेष जोड दिन बारम्बार आग्रह गर्दै आएको म स्मरण गराउन चाहन्छु । मेरो अर्को प्राथमिकता भनेको महिला शसक्तिकरणका दिशामा हुनेछ । सहकारी र साकोस अभियानको नीतिगत तहमा नजितामुखी महिला सहभागिता बढाउने चुनौती छ । व्यवस्थापनको पनि उच्च तहमा महिलाको उपस्थिति आवश्यक छ । भर्खरै मैले पढेकी थिएँ, अमेरिकाको क्रेडिट युनियन अभियानमा ५० प्रतिशत भन्दा बढी महिला सिईओ छन् । हामी कहाँ छौं? यसतर्फ पनि नीतिगत व्यवस्था र उत्प्रेरणात्मक अभियान सञ्चालन गर्नुपर्नेछ । मैले अघि पनि भनेको छु । करोडौं पुँजी भएका सहकारी महिला नेतृत्वबाट सञ्चालित छन् । ति आज पनि बिगतमा जस्तै समूदायलाई खुसी बनाएर सञ्चालन भएका छन् । लय गुमाएका छैनन् । तर, नेतृत्वमा पुग्ने बेलामा भाग खानु पर्ने अवस्था छ । अहिलेको अर्को मुख्य विषय भनेको सुशासन नै हो । जबसम्म संस्थामा सुशासन र अनुशासन हुँदैन केही पनि कामको परिणाम प्राप्त हुँदैन र भएका परिणामहरु पनि ओझेलमा पर्दछन् । सञ्चार माध्यममा देखि रहनुभएको सुशासनबाट स्खलित भएका विषयहरुलाई जोडदार रुपमा उठाउने छु । नीतिगत र आवश्यक पर्दा संरचनागत सुधारकै लागि पनि हामीले बहस पैरवी गर्नुपर्ने हुन्छ । राम्रालाई प्रोत्साहन, कमी कमजोरीलाई सुधार र गलत गर्नेलाई कारवाही नै सुशासन कायम गर्ने उत्तम उपाय हो भन्ने लाग्छ । अर्को भनेको दिगो विकासलाई साकोस अभियानसँग जोड्ने कुरामा हामी सचेत छौं । सन् २०३० सम्मको हाम्रो लक्ष्य नै त्यही हो । हाम्रो योगदान मापनयोग्य बनाउने भन्ने हो । यसमा पनि म भूमिका खेल्नेछु । नेफ्स्कूनका तालिम शिक्षा र स्तरीकरणका कार्यक्रमलाई प्रभावकारी र समयसापेक्ष बनाउनेतर्फ बलियो आवाज उठाउनेछु । साकोस अभियानको खस्केको छविलाई सुधार गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित गर्नेछौं । महिलाद्वारा सञ्चालित र साना मझौला सहकारीको गुणस्तरीय वृद्धि बिकासमा जोड दिँदै आवश्यकतामा आधारित तालिम ,गोष्ठी लगायत सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ ध्यान दिनेछौं ।

नेफ्स्कुनका कार्यक्रमहरू ठूला र धेरै पुँजी भएका संस्था केन्द्रीत भए भन्ने आरोप छ नि ? 

हामी ५० को दशकमा गाउँ गाउँमा सहकारी निर्माणको अभियानमा थियौं । समय बदलिएसँगै सहकारी संस्था पनि एकीकरण गरी बलियो सहकारी बनाउनु पर्छ र समृद्ध संस्था बन्छ भन्ने अवधारणा आयो । नेफ्स्कुन यही बाटोमा छ । तर, हामीले बारम्बार भनिरहेका छौं, कमजोर सदस्य, बलियो सङ्घ हुन सक्दैन । त्यसैले अबको नेफ्स्कूनको ध्यान सदस्य सबल, सक्षम, सुशासित र वित्तीय रुपमा स्वस्थ्य बनाउनेतर्फ केन्द्रीत हुनेछ । कमजोरलाई सीप क्षमता र तालिम दिएर बलियो र सक्षम संस्था बनाउनु पर्छ । त्यसका लागि सहकारी संस्थाको पँुजी,सदस्य सङ्ख्या र कारोवारका आधारमा वर्गिकरण गर्नुपर्छ । संस्था वर्गिकरणका आधारमा सेवा प्रदान गर्न सकियो भने साना संस्थाले पनि अपनत्व ग्रहण गर्न सक्छन् ।

तेस्रो पटक पदाधिकारी भएर नेतृत्वमा पुग्ने तयारीमा हुनुहुन्छ । तर,अलग्गै बचत तथा सहकारी ऐन,कर्जा सूचना केन्द्र ,ऋण असूली न्यायाधीकरण,बचत तथा कर्जा सुरक्षण कोष गठन र कार्यान्वयका विषयमा नेफ्स्कुनको भुमिका पनि प्रभावकारी देखिएन नि ?

सञ्चालकको रुपमा यि विषय धेरै उठाएँ । कतिपय कार्यान्वयनको चरणमा छन् भने कतिपय कार्यान्वयन हुन सकेका छैनन् । एउटा सञ्चालक सदस्यले मात्र गर्न सक्ने विषय पनि होइनन् । अबको नेतृत्वले वाक द टक गर्नेछ । फेरि सदस्यको रुपमा भन्दा पदाधिकारीको रुपमा काम गर्न अलि सहज हुनेछ ।

अन्त्यमा केही छुट्यो कि ?

साकोस अभियान राजनीति मुक्त हुनुपर्छ भन्ने लाग्छ । बहुदलीय ब्यवस्था भएको मुलुकमा दल बिहीनता कल्पनागर्न सकिन्न । बैचारिक रुपमा हरेक मानिस कतै न कतै जोडिएको हुन्छ । यो सामान्य विषय हो । पछिल्लो समय सहकारीमा देखिएको राजनीतिले थप दुर्घटनाको सङ्केत गरिरहेको देख्छु । यो एउटा विशुद्ध अभियान हो । सहकारीले शेयर सदस्यको बचत सुरक्षामा चिन्ता लिनुपर्छ । तर, हामी कहाँ दलले टिकट दिन नसकेका ब्यक्तिलाई लगेर थन्क्याउने ठाउँ भएको छ , सहकारी अभियान । अभियन्ता राजनीतिबाट सञ्चालित हुनु हुँदैन । काम गर्न सक्ने योग्य र क्षमतावानहरू राजनीतिक आस्थाका कारण अवसरबाट बञ्चित छन् । त्यसकारण अभियान राजनीति मुक्त हुनपर्छ भन्ने लाग्छ । अर्को कुरा नयाँ सञ्चालक समिति निर्वाचित भएसँगै नेफ्स्कूनले अब आफ्नो छैठौं रणनीतिक व्यावसायिक योजना बनाउनेछ । पाँचौं एसबीपीको अवधि सकिएको छ । यो हाम्रा लागि सही समय पनि हो । तपाईहरुको आवाज संघको एसबीपीमा मुखरित हुने गरी हामी गृहकार्यमा लाग्नेछौं । अहिले पनि म प्रतिनिधि साथीहरूसँग नेफ्स्कूनको एसबीपीमा के कस्ता विषय अटाउनुपर्छ भन्ने विषयमा सुझाव लिइरहेकी छु ।

सम्बन्धित खवर