पथरी शनिश्चरेका ४ खेलाडी प्रधानमन्त्री कप क्रिकेट छनोटको अन्तिम चरणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, असार ०५, २०८१

पथरी शनिश्चरेका ४ खेलाडी प्रधानमन्त्री कप क्रिकेट छनोटको अन्तिम चरणमा

अर्जुन काफ्ले/पथरी, ३ पुस 
मोरङको पथरी शनिश्चरेका ४ जना क्रिकेट खेलाडी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको प्रारम्भिक चरणका लागी छनोट भएका छन । मोरङ जिल्ला क्रिकेट क्लवले प्रकाशित गरेको प्रारम्भिक नाम छनौटमा पथरी शनिश्चरेका ४ जना खेलाडी पर्ने सफल भएका छन ।

यसरी नाम छनौट हुनेमा पथरी शनिश्चरेका दिपेश भण्डारी, आर्दश कार्की, अश्विन महत र दिप वस्नेत रहेका छन् । आज पौष ३ गते हुने अन्तिम छनौटमा उनीहरुले सहभागीता जनाउदैछन । वस्नेत र महत वलर हुन भने कार्की व्याष्टमेन हुन भन्डारी अलराउण्डर खेलाडीहुन् ।

महत र कार्की पथरीशनिश्चरे १ का स्थाई बासिन्दा हुन भने भण्डारी ३ नम्वर वडाका र वस्नेत ७ नम्वर वडाका हुन् । दिपेश भण्डारी र आर्दश कार्की भरखरै सम्पन्न चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको उपाधी आइतवारे अस्त्र दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । भने अश्विन महत र दिप वस्नेतले सात वाघवाट उत्कृष्ट खेल खेलेका थिए ।
जिल्ला क्रिकेट संघले पौष ३ गते गर्ने छनौटका लागी ४ टोलीमा खेलाडीहरु छनौट गरेको छ । मिनस थापा क्याप्टेन रहेको मोरङ्ग रातोको टोलीमा महत र कार्की रहेका छन भने लभ कामत क्याप्टेन रहेको मोरङ्ग निलोमा वस्नेत रहेका छन् भण्डारी भने सर्वण यादव क्याप्टेन रहेको मोरङ्ग पहेलोमा रहेका छन् ।

सम्बन्धित खवर