पञ्चायत माविमा फुड फेस्टिबल, १३ स्टल विद्यार्थीले बनाएका परिकार प्रदर्शन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असार २८, २०८१

पञ्चायत माविमा फुड फेस्टिबल, १३ स्टल विद्यार्थीले बनाएका परिकार प्रदर्शन

पथरी, मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माविले फुड फेस्टिबलको आयोजना गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले आज फुड फेस्टिबलको आयोजना गरेका हुन् । फुड फेस्टिबलसंगै विज्ञान र फाइन आर्टस संकायका विद्यार्थीले मिनि प्रदर्शनी समेत गरेका छन् ।

फुड फेस्टिबलमा विभिन्न १३ वटा स्टल रहेको शिक्षक षडानन्द अधिकारी (सरोज) ले बताउनुभयो । विद्यार्थीले बनाएका विभिन्न परिकारहरूमा विहानै देखि भिड रहेको अधिकारीले बताउनुभयो । विद्यार्थीको आफ्नै लगानी रहेको फुड फेस्टिबलबाट लगानीको दोब्बरसम्म आम्दानी गरेकाले काम गर्दा स्वदेशमा नै राम्रो कमाइ गर्न सकिने सन्देश विद्यार्थी माझ पुगेको अधिकारीले बताउनुभयो ।

विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम शुक्रबारलाई बुक फ्रि डे (किताब रहित दिन) का रुपमा मनाउदै आएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । सोही कार्यक्रम अनुसार हरेक महिना विभिन्न अतिरिक्त क्रियाकलाप गदै आएकामा मंसिर महिनालाई फुड फेस्टिबलका रुपमा मनाएको बुढाथोकीले बताउनुभयो । सांदेको गुन्द्रुकको अचार, भुटेको मकै, पोलेको मकै, आलु परौठा, भक्का र टमाटरको अचार देखि मासु फुलाउसम्मका खानाका परिकार फेस्टिबलमा समावेश थियो ।

फेस्टिबलमा विभिन्न परिकार सहित चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । सो प्रदर्शनीमा राखिएको सात घोडाको चित्रले अधिकांशको मन तान्यो । सो चित्रको मुल्य २५ हजार राखिएको थियो । यसरी हेर्दा चित्रकलामा पनि भविष्य रहेछ भन्ने सन्देश दिएको छ । सो चित्र, फाइन आर्ट्स संकाय कक्षा १२ मा अध्ययनरत छात्र रुपक राईले तयार गरेका हुन् ।

सम्बन्धित खवर