साइनो समाचारदाता/ पथरी, ३० मंसिर
मोरङको पथरी शनिश्चरेमा कोसी प्रदेश पुन: नामाङ्कन संघर्ष समितिले बिहान दुई घण्टा यातायात अवरुद्ध पारेको छ । शनिवार बिहानै बन्द भएको राजमार्ग ९ बजे सम्म पनि खुल्न सकेको थिएन ।

कोसी प्रदेश पुनः नामाङ्कनसंघर्ष समिति र ईलाका प्रहरी कार्यलय पथरी शनिश्चरे विचको लामो छलफल पछि नौ बजे पछि बाटो खोलिएको छ । बन्दका कारण छोटा तथा लामो दुरिका यातायात र यात्रुहरु अलपत्र परेका थिए । पहिचानबादहरु कोसी नामको विरोधमा र कार्यकर्ता रिहाईको पक्षमा छौ त्यसैले आज बन्द गरेका हौ तर बन्दले सर्वसाधारणमा असर नगरोस भनेर ९ बजे पछि यातायात बन्द खुलाएको एक बन्द कर्ताले बताए ।

आज बिहान मोरङको पथरी शनिश्चरेमा कोसीप्रदेश पुनः नामाङ्कन संघर्षका क्रममा पक्राउपरेका कार्यकर्ताको रिहाईको माग गर्दै दुई घण्टा यातायात बन्द गरेका थिए । समितिले हिजो मंसिर ३० र पुस १ गते यातायात अवरुद्ध गर्ने भन्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो ।

















