रबिन्द्र बराल, रंगेली/मंसिर २४, जाडो याम सुरु भए संगै तराई भेगमा भक्का, आलुचप, प्याजीको ब्यावसाय फस्टाउन सुरु भएको छ । यस ब्यावसायबाट तराई भेगमा बसोवास गर्ने अति बिपन्न घर परिवारका महिलाहरु आम्दानी वृद्धिहुने गरेको देखिन्छ । दैनिक भक्का, आलुचप र प्याजीको व्यवसायबाट राम्रै आम्दानी हुने गरिरहेको रंगेलीकी ब्यावसायी फुलमती चौधरी बताउछीन ।

मंसिर महिना देखि सुरु हुने भक्काको व्यपार माघ महिना सम्म चल्ने गर्दछ । बिहानै ५ बजे देखि नै रंगेली बजारको बसपार्क, अस्पताल चोक , तेत्रि टोल , पिपल चोक, शुक्रबारे , ईलाका प्रशान चोक लगायतका मुख्य बजार स्थानहरुमा महिलाहरुले भक्का, आलुचप, प्याजीको ब्यापर गर्ने गरेका छन । उनिहरुले चामललाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्दछन । उक्त पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको भाफमा पिठोलाई बटुकामा हालेर पानीको बाफमा पकाउने गर्देछन । भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प्रतिगोटा ५ रुपैयाँ सम्म बिक्रीवितरण गरिरहेका छन ।

महिला ब्यपारीहरु अहिले बिहानै ५ बजे देखि १० बजे सम्म १० केजि सम्मको पिठोको भक्का बेचने गरेका छन । यस भेगका बालबालिका देखि बृद्ध, तथा युवा हरु समेत भक्का बडिमात्रा मा रुचाउने गर्देछन । उनिहरुले भक्का लाई बिहान को खाजाको बडिमात्रामा खाने गरेका छन । रंगेली का ४५ बर्षिया हिरा देवि मंण्डल ले दैनिकी ८ सय देखि एक हजार रुपैयाँ सम्म भक्का र आलुचप बिक्री गरेर कमाउने गरेको उनले बताईन । बिहानको समयमा भक्कालाई नास्ताको रुपमा सर्वसाधारणहरुले अत्याधिक रुपमा मन मनपराउने गरेकोे स्थानीय हरिया देवि साह बताईन । अहिले भक्का संगसंगै आलु चपको बिक्री समेत बडि हुने गरेको स्थानीय व्यपारीहरुले बताए ।
















