आग्लागी पिडित किस्नी ठाकुरलाई सहयोगको अपिल, नाईलसंघले गर्यो सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

आग्लागी पिडित किस्नी ठाकुरलाई सहयोगको अपिल, नाईलसंघले गर्यो सहयोग

साइनो समाचारदाता /पथरी मंसिर १७
नेपाल नाईल संघ पथरी शनिश्चरे नगर कमिटिले आग्लागीबाट पिडित बनेकी किस्नी देवि ठाकुरलाई १५ हजार २ सय १० रुपयाँ सहयोग गरेको छ । नेपाल नाईल संघ पथरी शनिश्चरे नगर कमिटिका सदस्य शम्भु ठाकुर र राजकुमार ठाकुरको ६६/६७ बर्षीय आमाको २०८० मंसिर ८ गते आग्लागीमा परि घाइते भएकी थिन । घाइते ठाकुरको उपचारमा सहयोग होस भन्दै नगर उपाध्ययक्ष फुलकुमारी ठाकुरले ब्यात्तीगत ५ हजार ५ सहयोग गर्नु भएको छ ।


आग्लागीले ठाकुरको पुरै शरिर जलेको छ । उपचारमा समस्या भए पछि संघले उपचार खर्च सहयोग गरेको नेपाल नाईल संघ पथरी शनिश्चरे नगर कमिटि अध्यक्ष सन्तोष ठाकुरले जानकारी दिए । नेपाल नाईल संघ पथरी शनिश्चरे नगर कमिटिले यस अघि पनि समस्यामा गरेका नाईल संघका सदस्यहरुमा सहयोग गर्दै आएको र यो समस्या अलिक जटिल भएका कारण सबैले सहयोग गर्न अध्यक्ष ठाकुरले आवहान गरेका छन ।

पथरी शनिश्चरे ६ स्थित ठाकुरको घरमा ८ गते राति चुरोटको ठुटाबाट आगो सल्की किस्नि देवि ठाकुरको शरिरमा डढेको थियो । घाइते भएकी ठाकुरको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भैरहेछ । विराटनगरमा उपचार संभव नहुने भएका कारण ठाकुरलाई उपचारका लागि काठमाडौ लानु पर्ने भएको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या आएको पिडित परिवारको भनाई छ ।

सम्बन्धित खवर