वडाध्याक्षको पहलमा मनमोहन गान्धि मार्ग अवरुद्ध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, फागुन ११, २०८०

वडाध्याक्षको पहलमा मनमोहन गान्धि मार्ग अवरुद्ध

साइनो समाचारदाता/ पथरी, १२ मंसिर
मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धि मार्ग स्थानियले बन्द गरेका छन । ३ बर्षमा काम सम्पन्न गर्ने गरि कान्छाराम कन्ट्रक्सनले कामको जिम्म लिए पनि बाटो अझै अलपत्र अवस्तथामा छ । २०७६ कार्तिकमा काम गर्ने संझैला गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कार्तिकमा म्याद थप गरे पनि काम अझै सुरु भएको छैन । १ अर्व ५५ करोड ७३ लाखमा ठेक्का लिएको ठेक्केदार कम्पनीले काम छोडि बेपत्ता भए पछि पथरी शनिश्चरेको ३ स्थानमा स्थानियले ढाड लगाएर बन्द गरेका छन ।
पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ ले कार्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण पत्र निकालेका थिए । वडाध्यक्ष लोक किरण न्यौपाने, नविन कार्की र विरबहादुर राईले कान्छाराम कन्ट्रक्सनले काममा ठिला सुस्ति गरेको भन्दै दवाव दिदै आएका छन । त्यसको २१ दिनमा आज मनमोहन गान्धी मार्गमा स्थानियले ढाट लागाएर बाटोमा अवरोध गरेका छन ।
पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रंगेली नगरपालीका हुदै भारतको बोडर छुने ३० किलोमिटरको  उत्तबाटो लामो समय देखि अलपत्र हुदै आएको छ । छदाछदैको कालोपत्र उकाएर अलपत्र पारेको बाटाका कारण स्थानियले लामो समय देखि हिलो, घुलो र खाल्डा खुल्डिको समस्या भोग्दै आएका छन ।
बाटो निर्माण कार्य सुरु नभए सम्म बाटो नखोल्ने भन्दै स्थानियले बाटैमा धर्ना दिएका छन । बन्द कर्ता र प्रहरी बिच छलफल भए पनि स्थानिय सरकारले बाटो खोल्न चासो दिएको छैन । यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका पेटि ठेक्दारले समेत रकम पाएका छैन्न । कान्छाराम कन्ट्रक्सनले भने हाल सम्म करिव २७ करोड रकम लगि सकेको हुलाकी राजमार्ग निर्देशानलय ईटहरीले बताएको छ ।

सम्बन्धित खवर