साइनो समाचारदाता/पथरी, १२ मंसिर, स्थानिय युवाको सकृयतामा ५ जना दुर्वेशनीलाई नियन्त्रण गरि प्रहरीलाई बुझाएका छन । पथरी शनिश्चरे वडा नं. १० जिरिखिम्ति र पशुपति चोकका स्थानिय युवाहरुले लागु पदार्थ दुर्वेशन प्रयोग गर्दै गरेका ५ जना युवालाई प्रकाउ गरि प्रहरीलाई बुझाएका हुन । उक्त युवाहरुलाई पथरी शनिश्चरे १० जिरिखिम्ति पश्चिमको जंगल क्षेत्रबाट स्थानिय अभियानकर्ताहरुले नियन्त्रणमा लिएको डाँस मोरङ्गी सामुदायीक वनका अध्यक्ष मदन पोख्रेलले बताए ।

डाँस मोरङ्गी सामुदायीक वनको अगुवाईमा महिला र युवाहरुले लागु औंषध तथा दुर्वेशनी नियन्त्रण अभियान सुरु गरेको छ । स्थानिय स्थरबाट सुरु भएको अभियानलाई ईलाका प्रहरी कार्यलय पथरी शनिश्चरेले सहजिकरण गरेको थियो । समुदायमा लागु औंषध तथा दुर्वेशनी बढ्दै गएका कारण पशुपती नगर चोकबाट लागु औंषध तथा दुर्वेशनी नियन्त्रण अभियान सुरु भएको छ ।
लागु औंषध तथा दुर्वेशनी कारण समाजमा चोरी चकारी बढ्दै गएका कारण गाँउका आमा समुह, युवा र सामुदायीक वन गाँउलाई दुर्वेशनी मुत्त अभियानमा निस्केका छन । दुई खोला बिचको सानु गाँउका महिलाहरुले लागु औंषध तथा दुर्वेशनीका कारण गाँउनै असुरक्षीत भएको महसुस गर्दै शनिवार देखि गाँउको निग्रानी गर्न अग्रसर भएको थिए । लागु औंषध तथा दुर्वेशनी नियन्त्रण गर्न शनिवार युवा, महिला र आमाहरु डाँस मोरङ्गी सामुदायीक वनमा ठुलो संख्यामा भेला भएका थिए ।

पशुपति नगर र जिरिखिम्तिका युवाहरुले गस्ति गर्ने क्रममा ५ जना युवालाई लागुऔंषधी प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ गरि प्रहरीलाई बुझाएको छन । स्थानियको सकृयतामा ५ जना लागु पदार्थ दुर्वेशनी प्रयोग अवस्थामा नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको अभियानकर्ता सुरज सुरज कार्की बताए । उनिहरुका साथबाट लागु औंषध र औजार सहित पक्राउ गरेका थिए ।
















