पथरी शनिश्चरे १० जिरिखिम्तिमा दुर्वेशनी कार्य प्रतिवन्ध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, बैशाख १८, २०८१

पथरी शनिश्चरे १० जिरिखिम्तिमा दुर्वेशनी कार्य प्रतिवन्ध

साइनो समाचारदाता, ९ मंसिर/ लागु औंषध तथा दुर्वेशनी नियन्त्रण गर्न मोरङ पथरी शनिश्चरे वडा नं. १० जिरिखिम्तीका स्थानिय बासिन्दा एक भएका छन । पछिल्लो समय उक्त क्षेत्रमा लागु औंषध तथा दुर्वेशनी बढ्दै गएको छ । स्थानिय युवाहरुको पहलमा डाँस मोरङ्गी सामुदायीक वन र ईलाका प्रहरी कार्यलय पथरीको सहजिकरणमा लागु औंषध तथा दुर्वेशनी मुक्ता क्षेत्रका लागि पहल थालिएको छ ।
शनिवार पथरी शनिश्चरे १० मा रहेको डाँस मोरङ्गी सामुदायीक वनको परिसरमा महिला र युवाहरु भेला भई जिरिखिम्तिलाई दुर्वेशनी मुत्त गाँउ बनाउन एक जुट भएका छन । समाज सुधार अभियानमा निस्केका महिला र युवाहरुलाई डाँस मोरङ्गी सामुदायीक वन र ईलाका प्रहरी कार्यलय पथरीले सहजिकरण गरेको छ । पथरी शनिश्चरे १० जिरिखिम्तिमा आउदा दिनमा स्थानिय, प्रहरी र बनको सहकार्यमा निग्रानी बढाई लागुपदार्थलाई प्रतिबन्ध गर्ने प्रतिबद्धता भएको छ ।
समुदायका युवाहरु लागु औंषध तथा दुर्वेशनी कारण समाजमा डर त्रास छाएको र रातको समयमा असुरक्षीत भएकाे डाँस मोरङ सामुदायीक वनका अध्यक्ष मदन पोख्रेलले बताउनु भयाे । समुदायको मुख्य मेरुद्धड भनेका युवाहरु लागु औंषध तथा दुर्वेशनीमा लाग्नाले गाँउको भविश्य अन्धकार भएको र आउने नयाँ पिडिले समेत त्यसको सिकार बन्नु परेको पोख्रेलले बताउनु भयो ।
लागु औंषध तथा दुर्वेशनी कारण समाजमा चोरी चकारी जस्ता कार्य बढ्दै गएका कारण गाँउका आमा समुह, युवा र सामुदायीक वन गाँउको निग्रानी गर्न अग्रसर भएको छ । दुई खोला बिचको सानु गाँउका महिलाहरुले लागु औंषध तथा दुर्वेशनीका कारण गाँउनै असुरक्षीत भएको महसुस गरेका छन ।  समाजलाई विकासको दिसामा फड्को मार्न र लागु औंषध तथा दुर्वेशनी नियन्त्रण गर्न युवा र महिला, आमाहरु ठुलो संख्यामा भेला भएका थिए ।
उत्त भेलालाई सहजिकरण गर्दै ईलाका प्रहरी कार्यलय पथरीका निरिक्षक सुशिल कुमार पाण्डेले  लागु औंषध तथा दुर्वेशनीबाट समाज, घर परिवार र मानव जिवनमा हुने असर र त्यसबाट सचेत रहन समुदाय र प्रहरीले खेल्नु पर्ने भुमिकाका बारेमा सहजिकरण गर्नु भएको थियो । समाजमा लागु औंषध तथा दुर्वेशनीका कुनै पनि गतिविधी भए प्रहरीलाई सुचना दिई सहयोग गर्न र यस्ता कार्यमा समुदायबाटै पहल भए समस्या समाधान हुने निरिक्षाक पाण्डेले बताउनु भयो । केहि दिन अघि स्थानिय समुदायले लागुपदार्थ दुर्वेशनीमा लागेका किशोर किशोरीहरुलाई लागुपदार्थ सहित पक्राउ गरि कुटपिट गरि सार्वजनीक गरेका थिए ।  डाँस मोरङ सामुदायीक वनको भेलामा छिमेको गाँउको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर