साइनो समाचारदाता/लेटाङ, २५ कार्तिक
मोरङको लेटाङमा एक दिवशीय प्रथम लेटाङ जुनियर आमन्त्रित जिल्ला स्तरिय कराते च्याम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका २ सय ५० बढि कराते खेलाडिले प्रतिस्पर्धा गरेका छन् ।
लेटाङ सितोरियो कराते डोजोको आयोजनामा भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ११ वटा डोजोले सहभागी जनाएका थिए । लेटाङको जनसेवा सामुदायक बनको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लाबतीले नगरले अन्य खेल सरह कराते खेललाई समेत प्राथमीक्तामा राखेर बजेट तथा कार्यक्रमहरुको आयोजना गरिने बताउनु भयोे । लावतीले लेटाङमा कराते खेल बिकाशका लागि मोरङ जिल्ला सितोरियो कराते संघ र आयोजक कमिटिले खेलेको भुमिका प्रति बिशेष धन्यबाद प्रदान गर्नुभयो ।
लेटाङ सितोरियो कराते डोजोका अध्यक्ष रबिन चाम्लिङको सभापतित्व सम्पन्न कार्यक्रममा कोशि प्रदेश अध्यक्ष कुबेर राई, मोरङ जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष श्रबण ऋसिदेब, मोरङ सितोरियो कराते संघका अध्यक्ष चन्द्र पराजुलि लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगितामा बेलवारी डोजो च्याम्पियन, पथरी डोजो दोश्रो र दुलारी डोजो तेश्रो भएको थियो । विजयी र प्रतिस्पर्दी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथीले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । खेलको निर्णायक रास्ट्रिय खेलकुद परिषद कराते प्रशिक्षक तथा एशियन कराते निर्णायक कुन्ति गुरुङले गर्नु भएको थियो ।