साइनो समाचारदाता/पथरी, २५ कार्तिक
कोशी प्रदेशले २५ लाख भन्दा मुनिका कुनै पनि विकास आयोजनाहरू नल्याउने मुख्यमन्त्री केदार कार्कीले बताउनुु भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उत्त कुरा बताउनु भएको हो ।
सबै जात धर्म, संस्कार र सस्कृतीको सम्मान विकासमा लागेको प्रदेश सरकार साना वडा र नगरले गर्ने योजनामा बजेट खर्च नगर्ने कार्कीले बताउनु भयो । ठुला र उपलब्धी मुलक योजनाका बनाउन र माग गर्न कार्कीले आग्रह गर्नु भएको छ । सा–साना योजनाका लागि वडा, नगर, प्रदेश र संघबाट आएको टुक्रे बजेट दुरुपयोग हुने गरेको उहाँको भनाई छ । समाजका लागि निस्वार्थ उपलब्धी मुलक काम गरि रिजल्ट देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नु भइको छ । प्रदेश सरकार भौतिक विकास संग संगै मानवीय विकासको लक्ष्यमा लागेको बताउदै यस कार्यमा साथ दिन जनता संग आग्रह गर्नु भएको छ ।
कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले वर्षदेखि अलपत्र रहेको मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडक खण्डले पुर्णता नपाएको जानकारी गराउनु भएको छ । उत्त योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नु परेको बताउदै जनताको स्वास्थमा ठुलो समस्या उत्पन्न गराएको बताउनु भयो ।
बाटो अलपत्र भएका कारणस्थानीय सरकार, प्रदेश र सघिय सरकार माथी जनताको विश्वास टुट्दै गएको बताउनु भयो । अलपत्र बाटोका कारण ५/६ बर्ष देखि स्थानीय सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनु परेको छ । नगर प्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडकको निर्माण कार्यमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा मोरङ क्षेत्र ३ क का प्रदेश सांसद मान बहादुर लिम्बु, प्रदेश सरकारका शहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियर अजय श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीले अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सो भवन निर्माणका लागि सोहि वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पत्तीले आफ्नो दिंवगत छोराको संझानामा ५ कठ्ठा जमीन दान गर्नु भएको छ । उत्त भवन जिपि बिल्डर्स कम्पनीले १ करोड ४४ लाख ६१ हजार १३ रुपैयाँ निर्माण सम्पन्न गर्ने संझौता गरेको छ । २ तले भवनको डिपिआर ७ करोडको तयार भएको थियो ।