पथरी शनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

पथरी शनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रलाई

गोपाल काफ्ले/ पथरी, २५ कार्तिक
पथरी शनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रले उचालेको छ । गोर्खा लिजेण्ड माथी ६ बिकेटले जित निकाल्दै आइतबारे अस्त्र च्याम्पियन बनेको हो । फाइनल खेलमा आइतबारे अस्त्रका नृत्य खडोलियाको सतकिय प्रहार गरेका थिए ।


टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेको जितमा दिपेश भण्डारीले ३, दिपक नेपालीले २ र अभिषेक बिकले १ बिकेट लिए ।
१५० रनको लक्ष्य लिएर मैदान उत्रीएको आइतबारेले १५ ओभर ४ बलमा ४ बिकेट गुमाएर लक्ष्य पूरा गर्यो । जसमा खडोलियाले अबिजित ११० रन बनाए । मंगेश राईले अबिजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २/२ बिकेट लिए ।

बिधागत तर्फ पनि आइतबारेका खेलाडी हाबी भए । उत्कृष्ट फिल्डर र म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट बिकेट किपर आइतबारेकै नृत्य खडोलिया, प्रभाशाली खेलाडिमा आइतबारेका दिपेश भण्डारी घोषित भए । उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी, उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङा, र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरब बस्नेत घोषित भए । फेयर प्ले उपाधी बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।


बिजेता आइतवारे अस्त्रले नगद १ लाख ३१ हजार रुपयाँ र ट्रफ्री जित्दा उपबिजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो । बिजेता र उपविजेता टिमलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले नगद तथा ट्रफ्री प्रदान गर्नु भएको छ ।
पहिलो संस्करणको उपाधी रोयल किङले जितेको थियो भने दोश्रो र तेश्रो संस्करणको उपाधी सातबाघले जितेको थियो । समापन कार्यक्रममा क्रीकेटको सुचना सम्प्रेषणमा महत्त्वपूर्ण भुमीका खेलेका संचारकर्मी अर्जुन काफ्लेलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर