बि. बि. एस. मा नेपाल प्रथम भएकी विना धान काट्दै, प्रथम हुदा खुसीको सिमा छैन तर पत्यारै लाग्दैन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

बि. बि. एस. मा नेपाल प्रथम भएकी विना धान काट्दै, प्रथम हुदा खुसीको सिमा छैन तर पत्यारै लाग्दैन

गोपाल काफ्ले/पथरी, २४ कार्तिक

किसानको छोरीले बि. बि. एस. चौथो वर्षको परिक्षामा नेपाल प्रथम भएकी छन । पथरी शनिश्चरे ३ छिमेकी लाईनकी बिना घिमिरेले ८५.८ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएकी हुन ।

उनि मोरङको पथरीशनिश्चरे १ पथरी बुहुमुखी क्याम्पसकी छात्रा हुन । २२ वर्षिय बिना घिमिरे बि. बि. एस. चौथो वर्षको परिक्षामा सहभागी भएर ८५।८ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन । पथरीशनिश्चरे ३ छिमेकीलाइन घर भएकी बिना घिमिरे हिजो टियूले सार्वजानिक गरेको परिक्षाफल अनुसार नेपाल प्रथम भएकी हुन । पथरीशनिश्चरे ७ लामाटोली मोरङको दुर्गा माबिमा कक्षा १ देखी १० सम्मा अध्ययान पूरा गरि पञ्चायत माबि पथरी शनिश्चरेबाट कक्षा ११ र १२ सकेकी हुन ।

विना परिवारकी काइली छोरी हुन । नेपाल प्रथम खबर सामाजिक संजालबाट थाह पाएपछि उत्साहित छन । उनि भन्छिन आफुले परिक्षा राम्रो गरेको तर नेपाल टप हुन्छु भन्ने चै थिएन । अहिले सबैबाट नेपाल टप भनेर बधाई आईरहेको छ तर पत्यारै लागेको छैन । ८५.८ प्रतिशत अंक आउदा खुसी थाम्नै सकिन । बा आमाको मेहेनत दिदी बहिनीको साथ सपोटले गर्दा यो रिजल्ट हासिल गरेको उनि बताउछिन । हाम्रो घर भित्र प्रतिस्पर्दा हुन्छ कस्ले अब्बल नतिजा निकाल्ने भन्ने दुबै दिदिहरुले एम एड सक्नु भएको छ मलाई पनि चुनौति थियो दिदिहरुले हिडेको बाटो हिड्न सक्छु कि सक्दिन भन्ने उनि बताउछिन ।

शुक्रबार बाबु टंकप्रसाद घिमिरे र आमा टंककुमारी घिमिरे संग धान काट्न ब्यास्त रहेकी विनाका सबै दिदि बहिनी पढाईमा अब्बल छन । ठुली दिदी कोमल घिमिरे रिजाल एमएड, माइली दिदी रेखा घिमिरे एमएड गरेर जागिर खाइरहेका छन । साइली दिदी मिना घिमिरे एबिएस सेकेन्ड सेमिस्टारमा टियू किर्तिपुरमा र कान्छी बहिनी मेलिस्का घिमिरे पंचायत माबिमा कक्षा ११ मा अध्यानरत छन ।

५ छोरीहरुका धनि घिमिरे दम्पती छोरीहरुको शिक्षा प्रतिको प्रगति देखि खुसी छन । छोरीहरुको मिहनत देखेर शिक्षामा खर्च गर्न पछि नहटेका बाबु छोरीको उज्जल शिक्षाका लागी सबै कुरा त्याग गरेका छन । गाई, भैंसी, बाख्रा र कुखुराबाट भएको आम्दानीले छोरीहरुको शिक्षामा लगानी गरेको घिमिरे संग १५ कठठा जमिन रहेको छ । उनिहरु समाजमा दुख गरेर छोरीहरुलाई उच्च शिक्षा हासिल गराउने उदाहरणिय पात्रहरु हुन ।

तेह्रथुमबाट पथरीशनिश्चरे ३ बसाई सरि आएका घिमिरेको सम्पतिको नाममा ५ छोरीहरु मात्र हुन । खाध्यबाली उत्पादन र पशुचौपाय पालनबाट भएको आम्दानीले छोरीहरुको पढाइमा लगानी गर्दा आनन्द आएको बाबु टंकप्रसाद घिमिरेको भनाई छ । छोरीहरुले पढिदिएको हुनाले हामी बाबुआमाले लगानी गर्न उत्साहित भयौ ।

घिमिरे दम्पतीले ५ जना छोरीहरु नै सामुदायिक विद्यालयबाट अध्ययन गराएका थिए । काइली छोरी बिनाको परिक्षाफल प्रति सन्तुष्ट हुँदै सम्पूर्ण प्राध्यपक, क्याम्पस ब्यवस्थापन समिति लगायत सबैमा आभार ब्यात्त गरे । पथरी बहुमुखी क्याम्पस २०६४ सालमा स्थापना भएको थियो । यस सन्दर्भमा पथरी बुहुमुखी क्याम्पसलका प्रमुख शान्तीराम तिम्सीनाका अनुसार टियूले सार्वजानिक गरेको रिजल्टको नम्बर न्यूज पोर्टलमा आएको समाचार अनुसार बिना घिमिरे नै नेपाल प्रथम भएको बताए ।

सम्बन्धित खवर