रंगेलीकी उपमेयर पराजुली छात्रा संग उपमेयर कार्यक्रममा सफल्ता बटुल्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

रंगेलीकी उपमेयर पराजुली छात्रा संग उपमेयर कार्यक्रममा सफल्ता बटुल्दै

कार्तिक १६ बिहीबार/रबिन्द्र बराल
नगरपालिकामा जिम्मेवारी सम्हाले पछि मोरङको रंगेलीकी उपमेयर भुमा पराजुलीले पछिल्लो समयमा निकै चर्चा वटुल्न सफल हुनु भएको छ । उपमेयर पराजुलीले संचालनमा ल्याउनु भएको छात्रा संग उपमेयर कार्यक्रम तथा उहाले गर्नु भएका सामाजिक कार्यका कारण चर्चा बटुलन सफल हुनु भएको हो ।

उहाँले बिगत ३ महिना देखि सामुदायिक बिधालय का १३ बटा माध्यमिक बिधालय मध्ये १० बटा बिधालय हरुका कक्षा ८ देखि १२ सम्मका छात्रा हरु लाई बिधालय मा पुगेर बाल बिवाह रोकथाम, तथा घरेलु हिन्सा नियन्णका विषयमा ब जनचेतना गराउने उदेश्य ले यस्तो कार्यक्रम सन्चालन गर्नु भएको हो ।

सिमाक्षेत्रमा बसोवास गर्दे आईरहेका विपन्न तथा सिमान्तकृत समुदायले दहेजको समस्या देखाउदै छोरी को बिवाह कम उमेरमा गर्ने र छोरीहरुले कलिलै उमेरमा चिन चारवटा सन्तान जन्माउदा उनिहरुको अकालमै ज्यान जाने गरेका घटनाहरु ऋहिलेपनि कायमै छन । त्यस्ता कार्यलाई निरुत्साहित वनाउन बिधालय मै पुगेर जनचेतना फैलाउनेक कार्यमा उपमेयर पराजुली सक्रिय भएर लागेको पाइन्छ ।

जन जिविकाको सवालमा सवैलाई चेतना जगाउने उदेश्यले नगरपालीको बोड बैठक ले यस्तो खाल्को कार्यक्रम सन्चालन गरेको उपमेयर भुमा पराजुलीको भनाई छ । कार्यक्रममा कम उमेरमा विवहा गर्दे छात्रा हरुको मानसिक र शारीरिक विकासमा कमि आउने भएकाले पनि नगरपालिकाले मात्र होइन अभिभावक तथा समाजले पनि त्यस्ता परिवारलाई सचेत गराउनु आवश्यक रहेको उहाँले वताउनुभयो ।

बिधालयमा यसरी कार्यक्रम सन्चालन गरे पछि बिधार्थिहरुले अहिले गाउँ घरमा बाल विवहाकाे बारेमा जानकारी समेत गराउदै हिड्ने गरेको र उनिहरुले उपमेयरलाई आफ्नो अभिवाकहरुलाई समेत राखेर यस बिषयमा जानकारी गराई दिन आग्रह समेत गरेको भुमा पराजुलीले बताईन ।

बाल बिवाहले विशेष गरी बालक भन्दा बालिकामा धेरै असर पार्दछ र बालिका शारीरिक, मानसिक र घरेलु हिंसामा पर्न सक्ने जोखिम बढाउँछ । नेपालको कानुनले विवाहको लागि केटा र केटीको न्युनतम उमेर २० वर्ष कायम भएको र उमेर नपुगी गरिएको विवाहले कानुनी मान्यता नपाउने व्यवस्था रहेको, शारीरिक रूपमा परिपक्व नभई गर्भवती हुने, किशोरी आमाबाट जन्मिएका बच्चाहरू अस्वस्थ्य हुनुको साथै बच्चा जीवनको पहिलो वर्षमै मृत्यु हुने समभावना हुन्छ । त्यसकारण पनि विद्यालयमा पढन आएका छात्राहरुलाई यस्ता कुराको समयमा जानकारी आवश्यक रहेको उहाको भनाई छ ।

सोहि क्रममा कम उमेरमा विवहा गर्दे विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन, विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । यस्तो कार्य गर्ने व्येक्तीलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने समेत छात्राहरुलाई जानकारी गराउदा छात्राहरु सचेत हुने गरेको उहाको भनाई छ ।

उपमेयर भुमा पराजुली वडा स्तरमा गर्नु भएको कार्यक्रममा बिधालय का शिक्षक प्रध्यानध्यापक अरविन्द कुमार साह वडा अध्यक्ष सुजित कुमार मंण्डल, सरिता पराजुली, हिना मिश्र, खुस्वु कुमारी दास, जमुना दाहाल लगायतको समेत सहभागी रहेको थियोे ।

सम्बन्धित खवर