पथरी शनिश्चरे नगरमा व्याडमिन्टन खेलाडीलाई कर्बडहलको अभाव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, बैशाख १८, २०८१

पथरी शनिश्चरे नगरमा व्याडमिन्टन खेलाडीलाई कर्बडहलको अभाव

गोपाल काफ्ले/पथरी, १४ कार्तिक
मोरङको पथरी शनिश्चरे नगरमा कर्वडहल नभएका कारण ब्याडमिन्टन खेलाडीहरु विश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) को पुरानो गोदाममा खेल खेल्न बाध्य भएका छन । भुटानी शरणथी शिविर क्यामका शरणाथीहरु तेस्रो मुलुक पुर्नवास भए संगै खालि रहेको रासन गोदामलाई खेलाडीहरुले कर्वडहलका रुपमा प्रयोग गर्दै आएका छन ।


नगरमा कर्वडहलको आवस्यक्ता रहेको तर नगरले बेवस्था गरेका कारण खाद्यय गोदाममा खेल खेल्न बाध्य भएको खेलाडी छवि घिमिरे बताउछन । दातृराष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले फलाम र विदेशी तिर्पालबाट ठुलो रासन गोदाम निर्माण गरेको थियो । भूटानी शरणार्थी शिविरका जनता तेस्रो मुलुक प्रस्तान गरे संगै रासन बढ्ने कार्य बन्द रहेको थियो । उत्त हल छाडे पछि खालि भएको गोदाम ब्याडमिन्टन खेलाडीहरु खेल खेल्दै आएका छन ।

उत्त गोदाम पनि सबै तिर च्यातिएको र कपडा प्लास्टिकले टालेको छ । खेलाडी आफैले पैसा कलेक्सन गरि विजुली बत्तीको ब्यावस्था मिलाएका छन । नगरको मापदण्ड अनुसार एक पालिका एक कर्वडहल सहितको खेलमैदान हुनु पर्ने हो । तर पथरी शनिश्चरे नगरमा हाल सम्म कर्वडहल निर्माण गर्न सकेको छैन ।
नगरलाई ब्याडमिन्टनका माध्यबाट जिल्ला प्रदेशमा चिनाउदै आएका सनम मगर, श्री प्रसाद लिम्बु, रंजित पोमु, सुमन लिम्बु, सुमन राई, बादल गुरुङ जस्ता खेलाडीहरु कर्वडहल नभएकै कारण पछी परेका छन । यता नगरमा फुटवल, भलिवल, क्रिकेट, तेक्वान्दो, कराते, ब्याडमिन्टन जस्ता खेल खेल्ने खेलाडी समेत हल र मैदानको अभावमा रहेको बताउछन ।

मानिस स्वास्थ रहनको लागि खेल एक महत्वपुर्ण पाटो हो । तर नगरपालिकाले खेलकुदमा चासो नदिएका कारण पथरीशनिश्चरे नगरबाट कुनै पनि खेलकुद कार्यक्रम हुन सकेको छैन । त्यसमा पनि खेलमैदान, कर्वडहल र खेलकुद कार्यक्रम नभएका कारण खेलाडीहरु खेल खेल्नबाट बन्चीत हुदै आएका छन ।

नगरमा सुरक्षीत कवर्ड हल नभएका कारण पथरी शनिश्चरे नगरमा व्याडमिन्टन खेलाडीहरु छिमेकी पालिका धाउनु परेको खेलाडी सुमन कुरुङवाङ बताउछन । ब्याडमिन्टन इन्डोर खेल भएका कारण कर्वडहल भए घामपानी, हावाहरी जस्तो सुकै समयमा पनि यो खेल्न सकिने खेल हो । यस खेलका लागि हावा हुरी र पानी बाधक हो ।

नगरले खेल प्रति देखाएको उदाशीन्ताका कारण खेलाडीहरु विदेशीन थालेका छन । नगरबाट फुटवल खेल्दै आएको विष्णु तामाङ, विशाल पाण्डे, समिर धिमाल, रोजन सिवाकोटी, कृष्ण राई जस्ता खेलाडीहरु विदेशिएका छन । नगरले खेलकुदमा चासो नदिएका कारण र भविष्य नदेखीएका कारण खेलाडी विदेशीन बाध्य हुनु परेको खेलाडी विशाल पाण्डे बताउछन ।

सम्बन्धित खवर