चौथो पथरी शनिश्चरे प्रिमियर लिगमा रोयल र गोर्खाको दोश्रो जित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, बैशाख १९, २०८१

चौथो पथरी शनिश्चरे प्रिमियर लिगमा रोयल र गोर्खाको दोश्रो जित

साइनो समाचारदाता/ पथरी, १३ कार्तिक
मोरङको पथरी शनिश्चरेमा जारी चौथो पथरी शनिश्चरे प्रिमियर लिग २०८० को पाचौं र छैठौं खेलमा रोयल किङ्ग र गोर्खा लिजेण्डले अपराजित यात्रा कायम राखेको छन । सोमवार दुवै टोलीले जित दर्ता गर्दा क्लासिक इलाभेन हसहन्द र वुद्ध युनाइटेड निरास बने ।

पहिलो खेलमा रोयलले हसन्दहलाई र दोस्रो खेलमा गोर्खा लिजेण्डले बुद्ध युनाइटेडलाई पराजित गरेको छ । जितसँगै रोयल किङ र गोर्खा लिजेण्डले लिगमा सम्मान ४/४ अंक बनाएको छ । पराजित हसन्दहले २ खेलमा २ अंक जोडेको छ भने पहिलो खेल हारेको वुद्ध युनाइटेड अंक विहिन रहेको छ । पहिलो खेलमा रोयलले हसन्दह माथि २२ रनको जित निकालेको हो । रोयलले दिएको १३२ रनको लक्ष्य पछ्याएको हसन्दहले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

हसन्दहका लागि अनुप श्रेष्ठले सर्वाधिकर ४६ रनको योगदान गरे । त्यस्तै दिपक पासवानले २६ रन बनाउन बाहेक अन्य ब्याष्टमेन चल्न सकेन्न । बलिङ तर्फ रोयलका दिवस राजबंशी र राज बस्नेतले समान ३/३ बिकेट लिए । त्यस्तै रोबर्ट राईले दुई विकेट लिँदा दुइ ब्याटमेन रन आउट भए । यस अघि टस जितेर ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।

रोयलका लागि रोबर्ट राई र महेश कार्कीले समान ३० रनको योगदान गरे । त्यस्तै राज बस्नेतले २४ रन बनाए । यता हसहन्दका लागि दिपक पासवानले ४ बिकेट लिए । त्यस्तै बुद्ध आले मगर र अनुप श्रेष्ठले समान दुई बिकेट लिँदा बिजय राउतले एक विकेट लिएका थिए ।


दोस्रो खेलमा गोर्खाले बुद्धमाथि ६७ रनको जित निकालेको छ । गोर्खाले दिएको १६३ रनको लक्ष्य पछ्याएको वुद्धले १७ ओभर ५ वलमा ९६ रनमा समेटियो । बुद्धलाई सस्तैमा समेटन गोर्खाका कुमार खडकाले ५ विकेट लिए ।

बुद्धका लागि सतिस यादबले सर्वाधिकर २७ रनको योगदान गरे । त्यस्तै भुपेन राईले २१ रन बनाउन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन जोडन सकेनन् । बलिङ तर्फ गोर्खाका फडिन्द्र पौडेलले २ विकेट लिदा ज्ञानु श्रेष्ठ र आभाष पाहिमले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गोर्खाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रनको सम्माजनक योगफल बनाएको थियो ।

गोर्खाका लागि कुमार खडकाले ४५ रनको योगदान दिए भने योगेश श्रेष्ठले २५,समित राईले १७ र ज्ञानु श्रेष्ठले १८ रनको योगदान गरे । यता बुद्धका लागि समिर कार्कीले ३ बिकेट लिए । त्यस्तै भुपेन राईले २ र सतिस यादव,द्रोर्ण जंग वस्नेत र रोहन गहतराजले समान एक विकेट लिए । आजको जितसँगै गोर्खाले लिगमा ४ अंक बनाएको छ । खेलको म्यान अफ द म्याच र म्याक्सीमम सिक्स हिटर गोर्खाका कुमार खडकाले घोषित भए ।

मंगलवार लिगका दुई खेल हुनेछन । सातै खेल सातवाघ र आइतवारे अस्त्रका विच हुने छ भने आठौ खेल विरेन्द्रनगर र बुद्ध युनाइटेड विच हुने छ । प्रतियोगीताको विजेताले १ लाख ३१ हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छ ।

थरी शनिश्चरे प्रिमियर लिग कमिटिको आयोजनामा भएको प्रतियोगिगामा ७ वटा फ्रन्चाईज टिमको सहभागिता रहेको छ । पथरी शनिश्चरे १ को प्रस्तावित रंगशालामा जारी प्रतियोगिताको मुख्य सहयोग पथरी शनिश्चरे नगरपालिकाले गरेको छ ।

 

सम्बन्धित खवर