गरिवका झुपडिमा भित्रिएको दशैं, छोरो बनोर आयो कविर ज्ञानोदय सामाजिक केन्द्र अमेरिका - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

गरिवका झुपडिमा भित्रिएको दशैं, छोरो बनोर आयो कविर ज्ञानोदय सामाजिक केन्द्र अमेरिका

गोपाल काफ्ले/पथरी, ७ कर्तिक
नेपाली मुलका अमेरिकन नागरिकले नेपालमा रहेका गरिव, विपन्न र एकल वृद्ध वृद्घाको झुपडिमा दशैं भित्र्यई दिएका छन । केही बर्ष अघि अमेरिका पुगेका पथरी शनिश्चरे १० का दिपेन्द्र दाहालको अग्रसरतामा स्थापना भएको कविर ज्ञानोदय सामाजिक केन्द्र अमरिकाले पथरी शनिश्चर र सो आसपासका २५ विपन्न परिवारमा दशै भित्र्याई दिएको छ ।


“गरिब निमुखाहरुको घरमा दशै” कार्यक्रम अन्तरगत संस््थाका संस्थापक रूद्र आचार्य र संस्थापक कार्यकारी अध्यक्ष दिपेन्द्र दाहालको सहयोगमा पथरी शनिश्चरेका २५ परिवारले दशैं मनाउन पाएका छन । २०८० सालको दशैंमा गरिव तथा विपन्नको मुहारमा थोरै खुसी ल्याउन आफुले सानो सहयोग गरेको कार्यकारी अध्यक्ष दिपेन्द्र दाहालले बताए । साहारा विहिन आमाहरुको साहारा बन्न संस्था स्थापना गरेको संस्थापक रूुद्र र आचार्य कार्यकारी दिपेन्द्र दाहालले बताए । समय र परिस्थीतीले साथ दिए र स्थानीयबाट पहल भए प्रत्येक बर्ष “गरिब निमुखाहरुको घरमा दशै” दशैं खुसी कार्यक्रम गर्ने उहाँहरुको भनाई छ ।

कार्यकारी अध्यक्ष दिपेन्द्र दाहालले विहानको झिस्मीसेमै गरिव विपन्न र एक्कल आमाहरुका घरमा दशैं सहयोग पुर्याएका थिए । दशैं राहत बोकी घर घर पुगेका वडाध्यक्ष लोक किरण न्यौपाने, स्थानयि युवा भानु विश्वकर्मा र किषान राईलाई खेख्दा आमा बुबाका आखाँ रसाएका थिए । आमाहरुको आखाँमा खुसिको आसु देखेका दाहालले अमेरिकामा आफुले ट्याक्सी कुदाएर जम्मा गरेको पैसाले सहि ठाँउमा प्रयोग भएका सुनाए । बचुन्जेली साहारा विहिन नेपालीको घरमा दशै मनाउने उदेश्उले संस्था स्थापना गरेको दाहालको भनाई छ ।

दशैको मुखमा कविर ज्ञानोदय सामाजिक केन्द्र अमरिकाका छोरा जस्तै बनेर आएको बताए । निरास बनेर बसेका साहारा विहिन आमाहरुका लागि कविर ज्ञानोदय सामाजिक केन्द्र अमरिकाकाले नगद ५ देखि ८ हजार सम्म सहयोग गरेको छ । सक्नेलाई नगद र नसक्नेलाई लत्ता कपडा, खाद्यन्य र माछा मासु उपलब्ध गराएको छ ।
कविर ज्ञानोदय सामाजिक केन्द्रले पथरी शनिश्चरे वडा नं. ४, ८, ९ र १० का २२ परिवार र दमकका ३ परविारलाई दशैं सहयोग गरेको हो । संस्थाले वडाध्यक्ष र स्थानीय युवाहरुको सहयोगमा सहयोग रकम घर घरमै पुर्याएको थियो ।

सहयोग रकम वितरण कार्यमा सरिक पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोक किरण न्यौपानेले अमरीकामा रहेका नेपालीहरुको संस्था कविर ज्ञानोदय सामाजिक केन्द्रको सहयोगले यो दशैंमा गरिवको चुलोमा आगो बलेको बताए । वडाध्यक्ष न्यौपानेले नेपालमा दुख र पिडामा रहेका नेपालीको दशैं मनाउन गरेको कार्यको प्रसंसा गर्दै आगामी दिनमा पनी दुखि र गरिवका लागि सहयोगको अपेक्षा राखेका छन ।

पथरी शनिश्चरे ८ का युवा किषन राईले दशैंको मुखमा दुई छाक खान समस्या रहेको परिवारमा खुसी ल्याउन कविर ज्ञानोदय सामाजिक केन्द्र अमरिकाका छोरा बनेर आएको बताएका । पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोक किरण न्यौपाने र पथरी शनिश्चरे ८ का युवा किषन राईको पहलमा सहयोग भित्रिएको थियो ।

सम्बन्धित खवर