पथरी खनेपानी जडानमा ४० प्रतिशत छुट, ६ हजार १० जडान - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पथरी खनेपानी जडानमा ४० प्रतिशत छुट, ६ हजार १० जडान

गोपाल काफ्ले, पथरी, ३ कार्तिक
पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दशै तिहारमा खानेपानी जडान गर्ने उपभोक्तालाई ४० प्रतिशत छुट दिएको छ । स्वच्छ खानेपानीमा पथरी शनिश्चरे नगरका जनताको सहज पहुच राख्ने उदेश्यले खाने पानी जडानमा छुट ल्याएको हो ।


संस्थाले “हाम्रो लक्ष्य हाम्रो अभिभारा, पथरी नगरीमा एक घर, एक धारा अभियान सुरु गरि सबैको घर घरमा खाने पानी उर्याउन लागेको हो । संस्थाले ०८० आश्विन ६ गतेको बैठकको निर्णय अनुसार २०८० आश्विन २० देखि कार्तिक ३० गतेसम्म छुट ब्यावस्था गरेको छ ।
दशै, तिहार र छैट पर्बको शुभकामना सहित पथरीबासी नागरिकलाई स्वच्छ खानेपानी पुयाउन छुट ल्याएको संस्थाका अध्यक्ष जयराम विष्टले बताउनु भयो । साविकमा लिएको १० हजार १० जडान शुल्कमा ४० प्रतिशत छुट गरी रु ६ हजार १० जडान गरिने भएको छ । संस्थाले कार्य क्षेत्रभित्रका उपभोक्ताहरुलाई सहुलितमा धारा जडान गरी मैकाको फाईदा लिन अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर