साइनो समाचारदाता/ पथरी, २ कार्तिक
बिग्रेड ब्याइज क्लब काठमाडौं मोरङको बेलबारीमा जारी छैठौं बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपको फाइनलमा प्रबेश गरेको छ । आयोजक डागीडाट युथ क्लबलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै बिग्रेड ब्याइज क्लब फाइनलमा प्रबेश गरेको हो ।
मध्यान्तर अघिको अग्रतालाई जोगाउन नसक्दा आयोजक पराजित भएको हो । बिग्रेड ब्याइजको जितका लागि रोशन राना, कुशल देउवा र दिपेश घलेले १/१ गोल गरे भने आयोजकका राजिव लोप्चानले गोल गरेका छन । खेल सुरु भएको ४ मिनेटमै आयोजकका मौसम लिम्बुको पासमा राजिब लोप्चानले गोल गरेका थिए । पहिलो हाफ १ गोलको अग्रता लिएको आयोजक डाँगीहाटले दोस्रो हाफमा ३ गोल खान पुग्यो ।
मध्यान्तर पछि निक्कै आक्रमक खेल खेलेको बिग्रेड ब्याइजले तिन गोल गर्यो । खेलको ४४ औं मिनेटमा दिपेश घलेको पासमा रोशन रानाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । लगतै ५७ औं मिनेटमा दिपेश घले र ७१ औं मिनेटमा कुशल देउवाले गोल गर्दै खेल ३/१ के अग्रता बनाए । दिपेशले कुसलको पासमा र कुशलले दिपेशको पासमा गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच बिग्रेड ब्याइज क्लब काठमाडौंका दिपेश घले घोषित हुदै नगद पाँच हजार प्राप्त गरे भए । शुक्रबारको अन्तिम सेमिफाइनलमा सहलेस युवा क्लब सिराह र बिर्तामोड युनाइटेड झापा बिच हुने छ । प्रतियोगिताको विजेता नगद रू ८ लाख सहित टफी, प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले नगद ५ लाख सहित ट्रफि, प्रमाणपत्र प्रप्त गर्ने छ ।