ब्रिगेट ब्याइज काठमाण्डौ छैँठौ बेलबारी गोल्डकपको सेमिफाईनमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

ब्रिगेट ब्याइज काठमाण्डौ छैँठौ बेलबारी गोल्डकपको सेमिफाईनमा

गोपाल काफ्ले/पथरी, असोज ३०
राजारानी धनकुटालाई सडन डेटमा हराउदै ब्रिगेट ब्याइज काठमाण्डौ बेलबारीमा जारी छैँठौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाईन प्रबेश गरेको छ । निर्धारीत समयमा पाएको पेन्लाटीलाई सदुपयोग गर्न नसक्दा राजारानी धनकुटाले हार बेहोर्नु पर्यो । खेलको ७१ मिनेटमा राजारानी धनकुटाले पेनाल्टी पाएको थियो ।

अशोक खवासलाई पेनाल्टी एरियामा लडाए पछि पाएको पेनाल्टीलाई राजारानी धनकुटाका नवयुग श्रेष्ठले गोल गर्न सकेन्न । नवयुगको प्रहार पोलमा लागेर फर्किएको थियो ।निर्धारित समयमा गोल नभए पछि खेल पेनाल्टी हुदै सडन डेटमा लम्बिएको थियो । सडन डेटमा ब्रिगेट ब्याइजका कुसल देउवा गोल गरे भने राजारानी धनकुटाका सुनिल खड्काको प्रहार ब्रिगेट ब्याइज गोल रक्षक विसाल सुनारले बचाउदै जित दिलाए ।

निर्धारीत समय गोलरहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा समेत गोल बराबरी भए पछि सडन डेथमा प्रतियोगिता ब्रिगेट ब्याइज क्लब काठमाण्डौ जित्यो । ट्राईबेकरमा ब्रिगेट ब्याइज क्लब काठमाण्डौका रोशन राना, एन्जल महर्जन, जय गुरुङ, अनिस तामाङले गोल गर्दा गोल किपर विशाल सुनार प्रहार पोलबाट बाहिरीएको थियो ।

त्यस्तै रारा फुटबल क्लब राजारानीका तर्फबाट नवयुग श्रेष्ठ, विवेक पौडेल, अभिशेक लिम्बु, देबेन्द्र तामाङले गोल गर्दा अशोक खवासको प्रहार ब्रिगेट ब्याइज गोल रक्षक विसाल सुनारले बचाएका थिए । ट्राईबेकरमा नतिजा ननिस्किए पछि खेल सडन डेथमा लम्बिएको थियो ।

खेलको ७ मिनेटमा व्रिगेट ब्याइज क्लब काठमाण्डौ रन्जन पुनको प्रहार गरेको बल बाहिरिएको थियो । लगतै ८ मिनेटमा रन्दिप पौडलको पासलाई पोल नजिक रहेका रोशन रानाले गोल गर्नबाट चुके । २७ मिनेटमा डि एरियाबाट रोशन रानाले प्रहार गरेको बल राजारानी धनकुटाका गोल किपर सन्तोष महतले उत्कृष्ट बचाउ गरेका थिए ।

निकै प्रतिस्पर्दात्मक खेलमा राजारानी धनकुटाले पाएको अवसर गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको छ । खेलको ३ मिनेटमा अशोक खवासले पाएको फ्रि बल पोल बाहिर प्रहार भयो । २६ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार व्रिगेट व्वाईजका गोल रक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

खेलको म्यान अफ द म्याच दुई गोल बचाएका व्रिगट ब्वाई गोल किपर विशाल सुनार घोषित भए । सुनारले नगद ५ हजारका साथ ट्रफिप्राप्त गरे । भोलिको खेल लिग विजेता चर्ज ब्वाईज काठमाडौं र विर्तामोड युथ क्लव झापाका विच हुनेछ ।

सम्बन्धित खवर