निशानको गोलमा आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनल प्रबेश - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

निशानको गोलमा आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनल प्रबेश

गोपाल काफ्ले/पथरी, २८ असोज
मोरङको बेलबारी १० लक्ष्मिमार्गमा आजबाट सुरु भएको छठौ संस्करणको अन्तराट्रिय आमन्त्रण गोल्डकपमा आयोजक डाँगीहाट युथ क्लव विजयी भएको छ । आयोजकका लागि निशान लिम्बुले खेलको ६८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।


उद्धघाटन खेलमा भोजपुर जिल्ला फुटवल क्लबलाई हराउदै आयोजक डागीहाट युथ क्लब सेमिफाइनलमा प्रबेश गरेको हो । दोश्रो हाफमा वैकल्पीक खेलाडीका रुपमा मैदान छिरेका असिम राईको कर्नरलाई लिम्बुले हेड मार्फत जाली चुमाएका थिए । भोजपुरका गोल किपर चरि लिम्वु विट भएको अवस्थामा निशानले गोल गर्दाै उपस्थीत दर्शकमा उत्साह थपिएको थियो ।


अधिकाम्स ए डिभिजन क्लवका खेलाडी लिएर मैदान उत्रिएको भोजपुर माथी दवाव राखेको आयोजकलाई गोल गर्न भने दोश्रो हाफ कुर्नु प¥यो । स्थानिय खेलाडी सहित ए डिभिजनका केहि खेलाडी लिएर आयोजक मैदान उत्रिएको थियो ।
खेलको १२ औ मिनेटमा आयोजकका निशान लिम्वुको पासलाई सन्जय धिमालले गोल गर्न सकेनन् । २४ औं मिनेटमा आयोजकका मौसम लिम्बुको लामो प्रहार गोल पोष्ट माथी वाट वाहिरियो । खेलको ५२ औं मिनेटमा आयोजकका विक्रम धिमालले प्रहार गरेको हेड गोल पोष्टमा लाग्दै वाहिरीयो ।


खेलको ३ मिनेटमै उमेश राईको प्रहार आयोजकका गोलकिपर पुजन होनाले वचाए । ५७ औं मिनेटमा भोजपुरका शुशिल राईको कसिलो प्रहारलाई गोलकिपर होनाले वचाउदा भोजपुर निराश वन्यो । खेलको गोलकर्ता लिम्वु म्यान अफ दि म्याच घोषीत भए । सोमवारको खेल सहलेस युवा क्लव सिराह र युकेएसि भारत विच हुने छ ।
बेलबारी नगरपालीकाको मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजक तथा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियरको रहेको छ । खेलको उद्धघाटन बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राईले गर्नु भएको थियो ।

सम्बन्धित खवर