अमर सिंह सितोरियो कराते डोजोलाई चन्द्र पराजुलीको सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

अमर सिंह सितोरियो कराते डोजोलाई चन्द्र पराजुलीको सहयोग

गोपाल काफ्ले, पथरी, २७ असोज
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ मा रहेको “अमर सिंह सितोरियो कराते डोजो” लाई खेल सामाग्री सहयोग जुटेको छ । मोरड जिल्ला कराते संघका अध्यक्ष चन्द्र पराजुलिले ६० हजार नगद बरावरको खेलकुद सामाग्रिहरु सहयोग गर्नु भएको हो ।


सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमकामा बोल्दै प्रमुख अतिथि तथा पथरी शनिश्चरेका नगर प्रमुख मोहन प्रसाद तुम्बापोले सब्य नागरिक बन्न, स्वास्थ र तन्रुस्त रहन खेलकुद अनिर्वार्य रहेको बताउनु भएको छ । देशको नाम राख्न देखि ब्यावसायीक हुन समेत टेवा पुर्याउने खेल विधालाई समेट्दै नगरले खेलकुद कार्यविधी बनाई नगर खेलकुद समिति गठन गरेको बताउनु भयो ।
नगर संग धेरै जनताको धेरै अपेक्षा रहेको तर स्रोत साधनको कमि भएकाले क्रमिक रुपमा काम अघि बढ्ने तुम्बापोको भनाई रहेको छ । उपलब्ध खेल सामाग्री तुम्वापोले खेलाडी तथा प्रशिक्षक सुरेन्द्र तुम्बापोलाई हस्तान्तरण गर्नुभएको छ ।


खेल सामाग्री प्रदान गर्दै मोरड जिल्ला कराते संघका अध्यक्ष चन्द्र पराजुलिले कराते इन्डोर खेल भएकाले कवर्डहल नहुदा बर्षमा ६ महिना मात्रै अभ्यास गर्न बाध्य भएको बताउनु भयो । खेलाडीको मर्मलाई बुझिी स्थानीय सरकारले कवडहल निमार्णमा पहल गर्न आवश्यक रहेको बताउनु भयो । मोरङ जिल्लामा धेरै मेडल भित्र्याउन सफल पथरी शनिश्चरे नगरका खेलाडी रहेको बताउदै २०७१ साल देखि हाल सम्म पनी खुल्ला मैदानमा अभ्यास गर्नु परेको बताउनु भयो ।
मोरड जिल्ला कराते संघका पहलमा एक बिधालय एक कराते डोजो कार्यक्रम संचालन गर्ने उदेश्यका साथ मोरङको अमर सिंह मा. बि. मा गत बैशाख १८ गते देखि निरन्तर कराते प्रशिक्षण सुरु गरिएको थियो । उक्त डोजोमा कराते डोजो प्रशिक्षक सुरेन्द्र तुम्वापोले नियमित कराते प्रशिक्षण गराई रहनु भएको छ ।


पराजुलिले सितोरियो करातेको विकासका लागि ४० थान “गि” (ड्रेस), ८ थान कराते ग्लोप्स, २ थान चेस्ट गार्ड, २ सेट सिन गार्ड सहयोग गर्नु भएको छ । पराजुलीले अमरसिंह सितोरियो कराते डोजोको प्रथम जुनियर कराते ग्रेडिङ कार्यक्रमको अवसरमा उत्त सहयोग उपलब्ध गर्नुभयो हो । ग्रेडिङ कार्यक्रम मोरङ जिल्ला सितोरियो कराते संघ ग्रेडिङ कमिटिको उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चेतन खड्का, ६ का वडा अध्यक्ष कृष्ण बस्नेत, नेपाल सितोरियो कराते संघका केन्द्रिय सदस्य धर्म प्रसाद न्यौपाने, मोरङ जिल्ला सितोरियो कराते संघका ग्रेडिड् कमिटि सदस्य सुरज कामत, साहिल गिरि, कराते राष्ट्रिय खेलाडि बिवेक थापाको उपस्थीती रहेको थियो ।

सम्बन्धित खवर