छैठौं बेलबारी अन्तराष्ट्रिय गोल्डकपको सम्पुर्ण तयारी पुरा, प्रतियोगिता भोली असोज २८ गते देखि सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

छैठौं बेलबारी अन्तराष्ट्रिय गोल्डकपको सम्पुर्ण तयारी पुरा, प्रतियोगिता भोली असोज २८ गते देखि सुरु

गोपाल काफ्ले/ पथरी, २७ असोज
मोफसलकै सर्वाधीक लोकप्रिय छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । भोली असोज २८ गते देखि सुरु हुने प्रतियोगितामा प्रतियोगितामा लिग च्याम्पियन सहित ८ टिमको सहभागिता रहेको छ ।


स्थानीय खेलाडी उत्पादन गरी फुटवलको विकास गर्ने उदेश्यका साथ डाँगिहाट फुटवल क्लवले २०७४ सालबाट गोल्डकप सुरु गर्दै आएको हो । आयोजक डाँगीहाट युथ क्लवले शुक्रवार पत्रकार संम्मेलनको आयोजना गरि छैठौं संस्करणको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको छ । सोहि कार्यक्रममा छैठौं बेलबारीमा अन्तराष्ट्रिय गोल्डकप प्रतियोगीतामा सहभागी आयोजक टिमका लागि जर्सी प्रदान भएको छ । प्रत्येक गोल्डकपमा जर्सी सौजन्य गर्दै आउनु भएकी हिराकुमारी श्रेष्ठले ५१ हजार बरावरको जर्सी प्रदान गर्नु भएको छ । सोहि अवसरमा आयोजक डाँगीहाट युथ क्लवले श्रेष्ठलाई सम्मान गरेको छ ।

गोल्ड कपको विजेताले ८ लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छ । २०७४ सालबाट सुरु भएको बेलबारी नगरपालिकाको गौरवको प्रतियोगिता हो । असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म संचालन हुने प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौले यो सिजनको पहिलो गोल्डकप सुरु गर्दै छ । छैठौं संस्करणको गोल्डकपमा विभागीय टोलीले भने स्थान पाएको छैन ।

छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा भारतको एक टिम, काठमाण्डौको दुई र मोफसलका उत्कृष्ट पाँच क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर, युकेएफसी भारत र आयोजक डॉगीहाट युथ क्लव डाँगीहाट गरी ८ वटा टिम सहभागी हुने छ ।

बेलबारी गोल्डकप बेलबारी नगरपालिकाको गौरवको प्रतियोगिता तथा मोरङको ठुलो धनराशीको प्रतियोगिता हो । गोल्ड कपको विजेताले अघिल्लो सिजन झै यो सिजन पनि ८ लाख र उपविजेताले ५ लाख रुपयाँ पुरस्कार राशी प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई नगद सहित पुरस्कृत र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च र ६९ लाख ४० हजार आम्दानी हुने आयोजकले अनुमान गरेको छ । राष्ट्रिय तथा ए डिभिजन क्लवका खेलाडीहरुले प्रतिस्पर्दा गर्ने प्रतियोगितामा बेलबारी नगरपालीकाको मुख्य सहयोग रहने आयोजकले जनाएको छ । मुख्य प्रायोजक आरजु राईस मिल र सहप्रायोजक द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियरको रहेको छ । प्रतियोगिता डाँगीहाट फुटबल क्लबको आयोजनामा लक्ष्मी मा वीको खेल मैदानमा संचालन हुदै छ ।

सम्बन्धित खवर