साइनो समाचारदाता/पथरी, १३ असोज
अन्तर्राष्ट्रिय मुटु दिवसको अवसरमा लायन्स क्लव अफ पथरीले पथरीशनिश्चरेमा निशुल्क मुटु स्वास्थ्य शिविर चलाएको छ । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा र लर्ड बुद्ध साकोसको सहयोगमा लायन्स क्लव अफ पथरीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।


शिविरमा १ सय २८ जना मुटु रोगीहरूले स्वास्थ्य परिक्षण गरेका थिए । नोवेल मेडिकल कलेजका वरिष्ट मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल सहितको प्राविधिक टोलीको स्वास्थ्य जाच गर्नु भएको थियो । शिविरमा इसिजी, इको गरिनुको साथै निशुल्क औषधी वितरण गरिएको लायन्स क्लव अफ पथरीका अध्यक्ष भगतचन्द्र थपलियाले जानकारी दिनु भयो ।
कार्यक्रम लायन्स क्लव अफ पथरी, योङ हार्ट शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीद्वारा संयुक्त रूप आयाेजनामा सम्पन्न भएको थियो । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यको स्वास्थलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय मुटु दिवसमा लायन्स क्लवले गरेको शिविरमा लर्ड बुद्धले सहकार्य गरेको
लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेशकुमार राईले जानकारी दिनु भयो ।
निशुल्क मुटु स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख तथा लायन्स ब्राण्ड एम्बासडर लायन देवीमाया काफलेले स्वास्थ परिक्षण गरि सुरु गर्नु भएको थियो । कार्यत्क्रममा पथरी योङ हर्ट अध्यक्ष सरोज राई, पथरीशनिश्चरेका अध्यक्ष भोजकुमारी लावती, पथरी क्रियटिभ लेडी अध्यक्ष सारदा बस्नेत, लियो पथरी नमिरा पौडेल, लर्डबुद्ध साकोस अध्यक्ष अमिर राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लाइन्स अन्तर्राष्टिङ ३२५ सि बाट रिजन चियर पर्सन रोहितकुमार शाह, एरिया को अर्डीनेटर झमक बहादुर काफ्ले र डिष्टीक ट्रेनिङ पुल चिफ रोशन बुढाथोकी समेतको पनि उपस्थिति थियो ।