साइनो समाचारदाता/ नेपालगन्ज, ८ अशोज, रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले किशोरीहरुमा देखिएको महिनावारी समस्या बारेमा किशोरीहरु संगै एक दिने अन्त्ररकृया कार्यक्रम सम्पन्न गरेको छ । क्लब अन्तरगत नेपालगन्ज मेडिकल कलेजमा अध्यानरत फाेर्थ सेमिस्टरका छात्र छात्राले “अब लुकेर हैन खुलेर बोलौ” भन्ने नाराका साथ “पवित्र” प्रोजेक्ट कार्यक्रम सम्पन्न गरेका थिए । क्लबले बैजनाथ १, चिसापानी बाँकेमा रहेको दिपज्योती सेकेन्डरी स्कुलका किशोरीहरुलाई लक्षीत गरि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सहभागी किशोरिहरुले हाल सम्म आफुले भोगेका महिनावारि सम्बन्धि समस्या, विभेद, गल्ती खुलेर बताएका थिए । किशोरिहरुले पुराना समस्या, विभेद, गल्तीलाई बेलुन झै सम्झी फुटाएर आजबाट त्यस्तो गल्ती नगर्ने र अरुलाई पनि स्वच्छ सफा महिनावारीबारे ज्ञान दिने अठोट लिएका छन । विद्यालयमा पहिलो पटक यस्तो कार्यक्रम नभएको र क्लबले विद्यार्थीमुखी स्वास्थ महिनावारीका बारेमा जनचेतना जगाएकोमा खुसी व्यक्त गरेको छ ।
स्थापना काल देखिनै स्वास्थ्य शिविर , मानसिक परामर्श, खोप कार्यक्रम आदि कार्यक्रम गर्दै आएको छ । क्लबले यस पटक भने महिनावारिका विषयमा पश्चिम नेपाल र देशैभरि भएको कुप्रथाहरुका बारे छलफलकै माध्यमबाट जनचेतना दिएको छ । कुप्रथाहरुका बारे छलफलबाटै विद्यार्थीहरुलाई परामर्श दिएको आयोजकका सदस्य विशाल सिंह राजपुतले बताए । उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्म पढ्ने करिव १७५ जना विद्यार्थीहरु सहभागि भएका थिए आयोजक टोलीका साकार शर्माले बताए ।
कार्यक्रममा रोटर्याक्टर डा. मोहम्मद साकिबको टोलिले सहभागी किशोरीहरुलाई महिनावारी हुदा गर्नु पर्ने सरसफाइ, सेनिटरी प्याडको उचित प्रयोग र व्यवस्थापन, प्रजन्न स्वास्थय, महिनावारी हुदा हुनसक्ने कमजोरी, किशोरहरुलाई महिनावारीको समयमा हुने समस्या समाधान र सहयोग कसरी गर्ने भन्ने बारे चेतना जगाएका थिए । चिसापानी हेल्थ पोस्टको सहकार्यमा भएको कार्यक्रममा क्लबले करिब ४५ जना किशोरीहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको थियो । प्याड वितरण कार्यक्रममा बोल्दै हेल्थ पोस्ट प्रमुख प्रेम साहले क्लबले एकदमै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा गर्नु पर्ने सम्पुर्ण सहयोग लागि हेल्थ पोस्ट सधैं क्लबको साथमा रहने बताउनु भयो ।
कार्यक्रमकी विशिष्ट आतिथी रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजका सल्लाहकार तथा एसोसियट प्रोफेसर डा. प्रज्ञा गौतम घिमिरेले पहिलै देखि जरा गाडेर बसेका कुप्रथाहरु हामीले भन्ने बित्तिकै निराकरण नभएपनी आफ्नै घर, समाज र आफैंबाट सुरु गरे केही हद सम्म निर्मुल गर्न सकिने कुरा बताउनु भयो । डा. गौतमले सहभागी विद्यार्थीहरुले खुलारुपमा देखाएको महिनावारी र प्रजनन स्वास्थ्यबारे उत्सुकताको प्रशंसा समेत गर्नुभयो । सामुदायिक तथा निजि विद्यालयहरुको सहयोग पाए सबै विद्यालयमा “पवित्र” प्रोजेक्ट कार्यक्रमलाई अगाडी बढाउने रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले बताएको छ ।