छैठौं बेलबारीमा अन्तराष्ट्रिय गोल्डकप असोज २८ गते देखि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

छैठौं बेलबारीमा अन्तराष्ट्रिय गोल्डकप असोज २८ गते देखि

साइनो समाचारदाता/पथरी, ५ असोज
मोफसलकै सर्वाधीक लोकप्रिय छैठौं संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० असोज २८ गते देखि सुरु हुने भएको छ । स्थानीय खेलाडी उत्पादन गरी फुटवलको विकास गर्ने उदेश्यका साथ डाँगिहाट फुटवल क्लवले छैठौं संस्करणको प्रतियोगिता गर्ने भएको हो ।


आयोजक क्लवले शनिवार पत्रकार संम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म संचालन हुने छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौले यो सिजनको पहिलो प्रतियोतिगा बेलबारी गोल्डकपबाट सुरु गर्दै छ । छैठौं संस्करणको गोल्डकपमा विभागीय टोलीले भने स्थान पाएको छैन ।

गोल्ड कपको विजेता र उपविजेताले अघिल्लो सिजन झै यो सिजन पनि ८ लाख र ५ लाख पुरस्कार राशीको प्राप्त गर्ने छ । मोरङको ठुलो पुरस्कार राशी र बेलबारी नगरपालिकाको गौरवको प्रतियोगिता २०७४ भदौ २३ देखि सुरु हुदै आएको प्रतियोगिताका संचार संयोजक नरेन्द्र बस्नेतले जानकारी दिनु भयो । प्रतियोगिता डाँगीहाट फुटबल क्लबको आयोजनामा प्रत्येक बर्ष लक्ष्मी मा वीको खेल मैदानमा संचालन हुदै आएको छ ।

प्रतियोगिताको विजेता नगद रू ८ लाख सहित टफी, प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले नगद ५ लाख सहित ट्रफि, प्रमाणपत्र प्रप्त गर्ने छ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई नगद सहित पुरस्कृत र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिनुभयो ।

छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा भारतको एक टिम, काठमाण्डौको दुई र मोफसलका उत्कृष्ट पाँच क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर, युकेएफसी भारत र आयोजक डॉगीहाट युथ क्लव डाँगीहाट गरी ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु वस्नेतले उल्लेख गर्नुभयो ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च र ६९ लाख ४० हजार आम्दानी हुने आयोजकले अनुमान गरेको छ । राष्ट्रिय तथा ए डिभिजन क्लवका खेलाडीहरुले प्रतिस्पर्दा गर्ने प्रतियोगितामा बेलबारी नगरपालीकाको मुख्य सहयोग रहने आयोजकले जनाएको छ । मुख्य प्रायोजक आरजु राईस मिल र सहप्रायोजक द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियरको रहेको छ ।

सम्बन्धित खवर