बाल दिवसको अवसरमा पञ्चायतले गर्यो सांस्कृतिक कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

बाल दिवसको अवसरमा पञ्चायतले गर्यो सांस्कृतिक कार्यक्रम

साइनो समाचारदाता, पथरी /२८ भादौ,
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज पञ्चायत मावि पथरीशनिश्चरे १, मोरङले बृहत् रूपमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । सोहि अवसरमा विद्यालयले तहगत आधारमा गायन तथा नित्य प्रतियोगिता भएको थियो ।

बिहानी सत्रको गायन प्रतियोगितातर्फ कक्षा १२ कानुन समूहकी एलिसा राई प्रथम, कक्षा ११ सिभिल इन्जिनियरिङका प्रजेश लिम्बू द्वितीय र कक्षा १२ विज्ञान समूहबाट कसिस राई तृतीय भए । यस्तै नृत्यतर्फ कक्षा १२ का सिभिल इन्जिनियरिङ, शिक्षा र व्यवस्थापन ९नेपाली माध्यम० को समूह क्रमशस् प्रथम, द्वितीय र तृतीय भए । यसै गरी दिवा सत्रको गायनतर्फ कक्षा १० की कञ्चन माबो प्रथम, कक्षा ९ की आयुषा तामाङ द्वितीय र कक्षा १० की निकिता राई तृतीय भए । सामूहिक नृत्यतर्फ कक्षा ८ सि, कक्षा १० ए र ९ ए समूह क्रमशस् प्रथम, द्वितीय र तृतीय भए भने कक्षा ५ बि सान्त्वना घोषित भयो ।

सोही कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत र भर्खरै कक्षा १२ मा सफल हुने विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन शिक्षकद्वय दिनेशकुमार सुवेदी र भवानी तिम्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न कक्षा र विषय समूहका गरी ४५ ओटा सामूहिक नृत्य र २६ जना विद्यार्थीको गायनमा स्पर्धा थियो । कार्यक्रमको निर्णायकहरूमा पथरी डान्स सेन्टरका प्रशिक्षक राम विक, पुष्प राई र सुशान्त तामाङ रहेको विद्यालयका सूचना संयोजक केशव निरौलाले जानकारी दिए।

सम्बन्धित खवर