दिपेश रोक्का / कानेपोखरि , २४ भदौ , मोरङको कानेपोखरी गाउँपालिकाले विश्व आत्मा हत्या दिवस कार्यक्रम मनाएको छ । ´आशा जगाऔ , जिबन बचाऔ भन्न्ने मुल नाराको साथ गाउँपालिकाले रमाइलो बजार परिक्रममा गरिएको थियो ।
कानेपोखरि गाउँपालिकामा आत्मा हत्या गर्नेको सङ्ख्या प्रत्येक बर्ष बढ्दै गएको छ । कानेपोखरिमा आत्मा हत्या गर्नेमा बढि युवाहरु देखिएका छन् । कानेपोखरि भित्र आत्मा हत्या न्यूनीकरणको लागि आगामि दिन कार्यक्रम, गोष्ठीको आयोजना गर्ने पालिका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । आत्मा हत्या नगर्न , सोच सकारात्मक राख्न, सुनौलो जिबन जिउन आग्रह गर्दै अध्यक्ष इङनामले गाउँपालिकले आत्मा हत्याको बारेमा अध्ययन गरेर न्यूनीकरणको लागि अगाडि बढ्ने बताउनु भयो ।
प्रत्येक दिन ४० सेकेन्डमा विश्वमा एक जना आत्मा हत्या गर्ने पाइएको तथा यस बाट सचेत रहनको लागि सचेतना रहन आम्दा अस्पतालका डाक्टर राकेश कुमार मेहेताले बताउनु भयो । कार्यक्रम जनसेवा माध्यमिक बिधालयका बिद्यार्थी , शिक्षक शिक्षाका , पर्ल ऐकेडेमिका बिद्यार्थी , नगर प्रहरी , सुरक्षाकर्मि , गाउँपालिका कर्मचारी , जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुचना अधिकृत गोविन्ध फुयलले गर्नु भएको थियो ।