कन्तुर बहुउदेश्य सहकारीको अध्यक्षमा चन्द्रबहादुर खड्का सर्वसमत - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

कन्तुर बहुउदेश्य सहकारीको अध्यक्षमा चन्द्रबहादुर खड्का सर्वसमत

साइनो समाचारदाता पथरी, २४ भदौ

पथरी शनिश्चरे नगरपालिका १ मा स्थापित कन्तुर बहुउदेश्य सहकारी संस्था लि.को अध्यक्षमा चन्द्रबहादुर खड्का चयन हुनु भएको छ । २२ औं चुनावी साधरणसभाबाट खड्का सर्वसमत अध्यक्ष चयन हुनु भएको हो । खड्काको अध्यक्षतामा ९ जनाको कार्यसमीती र ३ जना लेखा समितिमा सर्वसमत चयन चयन भएका छन ।


समितिको उपाध्यक्ष कमला ढुङगेल खतिवडा, सचिव युवराज चंलागाई, कोषाध्यक्ष पर्शुराम गुरुङ, सदस्यहरुमा लिला गौतम, बिमला काफ्ले, इन्दिरा दाहाल पराजुली, सिता रायमाझी अधिकारी, चन्द्रकुमार धिमाल सर्वसम्मत चयन हुनु भएको छ । लेखा समिति संयोजकमा बुद्धकुमार बिष्ट सदस्यमा भेषकुमारी भट्टराई, सितादेवी दुलाल सर्वसमत चयन हुनु भएको निर्वाचन समितिका संयोजक विष्ण भण्डारीले जानकारी दिनु भयो ।
सोह्र सय सतत्तर सेय सदस्य रहेको सहकारीको सेयर पुँजी तिन करोड चार लाख अठहतर हजार तिन सय रहेको छ । २२ प्रकारका बचत संकलन गर्दै आएको सहकारीले बाह्र करोड एकतिस लाख आठ हजार चार सय उन्नतीस रुपयाँ बचत कारोवार गर्दै आएको छ । त्यस्तै संस्थाको कोष वृद्धी भई दुइ करोड बयासी लाख चौहन्न हजार छ सय सात रुपयाँ रहेको छ ।


कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सुभकामना दिदै सहकारीले गाउँ घरको साना ठुला समस्या ह लगर्दै राज्यलाई ठुलो टेवा पुर्याएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखाका प्रमुख विनोद चुडाल लगायत सामाजीक ब्याक्तीत्वको उपस्थीत रहेको थियो ।
सहकारीले आथिक बर्ष ७९/८० मा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यहरुलाई सम्मान गरेको थियो । रहेका थिए । सहकारीले शिक्षा, स्वास्थ, कृषी र सामुदायीक उतरदायी अन्तरगत अपाङगता भएका बालबालीकालाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
संस्थाले भदौ २३ शनिबार नर्वदेश्वर शिवालय मन्दिर पथरीशनिश्चरे १ मा २२ औं साधारण सभा सम्पन्न गरेको छ । निवर्तमान अध्यक्ष ओमप्रकाश लिम्बुको सभपतित्वमा सम्पन्न कार्यक्रम ब्यावस्थापक तुलसी बस्नेतले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर