शान्ति किर्तन द्धारा तिजको अवसरमा सारी वितरण - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

शान्ति किर्तन द्धारा तिजको अवसरमा सारी वितरण

साइनो समाचारदाता/ पथरी, भदौ २२
मोरङको पथरी शनिश्चरे नगरमा अवस्थित शान्ति किर्तन मण्डलीका पुरुष दाजुभाईले चेलिबेटीलाई दर खुवाएका छन । नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितारीका तिजको अवसरमा बन्धुत्व कायम राख्ने उदेश्यले तिज पर्व मनाएका छन ।


तिज कार्यक्रमको अवसरमा किर्तन समुहले दुई जना सहयोगी दातालाई मामानार्थ सदस्य घोषण गरेको छ । किर्तन समुहले पथरी शनिश्चरे नगरपालीका वडा नंं १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी भिम कुमार राई र विशिष्ट अतिथी नोवेल मेडिकाल कलेजकी संचालिका इन्दिरा शर्मालाई मामानार्थ सदस्य घोषण गरेको हो ।
तिज विशेश कार्यक्रममा मण्डलीका पुरुष दाजुभाइले चेलिबेटीलाई सारी उपहार दिएका छन भने चेलीको तर्फबाट राधा ढुगाना ३५ वटा टोपी पुरुष दाजु भाइलाई उपहार दिनु भएको थियो । आठ सय सदस्य रहेको किर्तन समुहमा १ सय ५५ जना चेलीले सारी उपहार पाएका थिए ।

कार्यक्रममा सफल बनाउन प्रमुख अतिथी भिम कुमार राईले २५ हजार सहयोग गर्नु भएको छ भने विशिष्ट अतिथी इन्दिरा शर्माले ६० पिस सारी उपहार प्रदान गर्नु भएको थियो । प्रत्येक वर्ष चेली माईती भेलाभई सामुहीक तिज विशेश कार्यक्रम मनाउदै आएको समुहलाई यस वर्ष वडा कार्यलयले २५ हजार सहयोग गरेको छ ।
किर्तन मण्डलीका दाजु भाईले प्रत्येक बर्ष चेलिबेटीहरुलाई एकै ठाउँ भेला गरि दर खुवाउदै आएको छ । कार्यक्रममा दर संगै महिला आमा दिदी बहिनीहरु बिच नित्य प्रतियोगिता भएको थियो । किर्तन मण्डलीका अध्यक्ष पर्शुराम काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जात धर्म र समुदायका चेलीबेटीले एक आपसमा खुसी साटासाट गरी पर्व मनाएका थिए । किर्तन मण्डलीको आफ्नै भवनमा भएको कार्यक्रम कोषाध्यक्ष तेयनाथ ढकालले संचालक गर्नु भएको थियो ।

तिजको विशेश कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिम कुमार राईले पछिल्लो समय जात, धर्म र समुदायको नाममा भएको राजनितीक द्धन्द्धको विरोध गर्दै एक आपसमा मिलेर अधि बढ्नु पर्ने बताउनु भयो । नेपालीहरु एकले अर्काको धर्म, पर्व र संस्कारको सम्मान गर्दै बसेको तर केहि अराजक तत्वले विडण्डन पैदा गरेको उहाँको भनाई छ ।
त्यस्तै विशिष्ट अतिथी इन्दिरा शर्माले दरको नाममा शरिरलाई असर हुने दर खाए स्वास्थमा समस्या आउने भएकाले तयस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । धर्म संस्कारको संरक्षण गर्दै स्वास्थको पनि ख्याल गरी वर्त बस्न उहाँले अनुरोध गर्नु भयो ।

https://www.facebook.com/media/set/?set=a.691218173022913&type=3

 

 

सम्बन्धित खवर