७४ करोड ४१ लख काराेवार गर्दै झापाको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

७४ करोड ४१ लख काराेवार गर्दै झापाको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी

साइनो समाचारदाता /पथरी, १८ भदौ, झापाको दमकमा रहेको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो २३ औं वर्षिक साधारण सभा तथा पथरी सेवा केन्द्रको तस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । १६ प्रकारको बचत र १३ प्रकारका कर्जा प्रबाह गर्दै आएको संस्थालले झापा र मोरङका ७ स्थानमा सेवा केन्द्रद्धारा सेवा प्रवाह गर्दै आएको छ ।
कञ्चनजंघा सहकारीले पार्दशी ढंङ्गबाट पथरीका ब्यावसायी र बचतकर्तालाई सेवा दिएकोमा धन्यबाद दिदै कार्यक्रममकी प्रमुख अतिथि पथरी शनिश्चरेकी नगर उपप्रमुख देविमाया काफ्ले सहकारीले गाउँघरका साना तिना समस्या हल गरि बचतकर्तालाई राहत दिएको बताउनु भयो । उहाँले पथरीमा धेरै सरकारीबाट पिडित भएको भनि उजुरी परेको र केहि सहकारी रकम हिनामिना गरि भागेको बचाउनु भयो । उहाँले हसन्दहमा बन्द भएको सुनदह सहकारीका अध्यक्ष एवि भण्डारीलाई लक्षित गर्दै बचतकर्ताको रकमले खरिद गरेको जग्गा आफ्नो नाममा राखि सहकारीको बदनाम गरेको बताउनु भयो ।
कार्यक्रममका विशिष्ट अतिथि पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भिम कुमार राईले पथरीमा केहि सहकारीले बचतकर्ताहरुबाट बचत उठाई फरार भएको बताउनु भयो । सहकारी नेपालीहरुको चाडलाई लक्षित गरि प्रत्येक बर्ष लाभाङस बाढी बचतकर्तालाई सेवा दिन आग्रह गर्नु भयो । सहकारी प्रति विश्वश्नियता बढाउन भढि भन्दा बढि लाभाङस वितरण गर्नु पर्ने बताउनु भयो ।
सरकारीले गत आर्थिक बर्षमा पुँजी तथा दायित्व तर्फ ७४ करोड ४१ लख १९ हजार ९ सय २२ को कारोवार गरेको छ । २०५७ मा स्थापना भएको संस्थाको कोषमा ६ करोड ६१ लाख ५१ हजार ३ सय कुल सेयर पुँजी रकम रहेको छ । ६३ करोड १० लाख २१ हजार ८ सय ३३ कर्जा लगानी गरेको सहकारीको कोषमा ७ करोड ४५ लाख ८८ हजार ४ सय ६८ रहेको छ ।
३ हजार १ सय ३९ सेयर सदस्य रहेको संस्थाको पथरी सेवा केन्द्रमा मात्रै ३ सय २१ सेयर सदस्य रहेका छन । बचतकर्ता माझ शिशु बचत, बुहारी बचत, तिज कार्यक्रम, आकस्मित राहत कोष, पेन्सन बचत, युवा बचत, नारी बचत, बाल बचत जस्ता कार्यक्रम ल्याएको छ भने दुर्घटना विमा, छात्रवृती वितरण, वृद्ध भत्ता, उत्कृषट बचत, उत्कृष्ट कारोवार सेयर सदस्यलाई पुरस्कृत गर्दै आएको छ ।

सम्बन्धित खवर