संचार क्लवको अध्यक्षमा राससकर्मी कुमार खड्का - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

संचार क्लवको अध्यक्षमा राससकर्मी कुमार खड्का

साइनो समाचारदाता/ पथरी, १७ भदौ : पुर्वी उत्तरी मोरङका पत्रकारहरुको साझा संगठन सञ्चार क्लव नेपाल उर्लाबारीको अध्यक्षमा उर्लावारीका राससकर्मी कुमार खड्का विजयी भएका छन । सञ्चार क्लवको २० औं चुनावी साधारणसभामा अध्यक्ष र महा सचिव दुई पदमा मात्र निर्वाचन भएको थियो ।

४१ जना सदस्य रहेको सञ्चार क्लव नेपालमा अध्यक्ष खड्काले २१ मत प्राप्त गरेका थियो । उनका प्रतिस्पर्दी पुर्व अध्यक्ष घनश्यम भण्डारीले १७ मत प्राप्त गरे भने अर्का उमेद्धार विजय धिमालले १ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा तिलक नेपालीले २३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्दी प्रेम प्रसाद भट्टराईले १६ मत प्राप्त गरेका थिए ।

क्लवको महासचिवमा तिलक नेपाली निर्वाचित भएका छन । अन्य पदमा भने सर्वसमत पदाधिकारी चयन भएको थियो । सहमतीबाट उपाध्यक्षमा सुमन घिमिरे, सचिव खनेन्द्र राई, कोषध्यक्ष इश्वर दुलाल सदस्यहरु, रेनुदेवि निरौला, खड्ग बेदना चयन भएका छन ।

क्लवले २० औं बार्षिक साधारणसभामा उर्लावारीका समाजसेवी जयधर्म आचार्यले स्थापना गरेको “लिला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार” बाट चार जना संचारकर्मीलाई सम्मान गरेको छ । संचाकर्मी मोहन नेम्वाङ, किसोर श्रेष्ठ, खड्ग बेदना र रेनुदेवि निरौलालाई सम्मान भएका हुन ।

सम्मानीत संचारकर्मीलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश संसद उमाकान्त गौतम र विशिष्ट अतिथी शोभा चेम्जोङ सम्मान गर्नु भएको थियो । कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक जयधर्म आचार्यले बधाई सहित सफल कार्यकालको सुभकामना दिनु भएको छ ।

सम्बन्धित खवर