मोडल बादल श्रेष्ठ नयाँ म्यूजिक भिडियो (सागर बरु सुकेर गैजाला) को परिचर्चा र कोशीका रंगपत्रकार संगको भेटघाट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ १२, २०८१

मोडल बादल श्रेष्ठ नयाँ म्यूजिक भिडियो (सागर बरु सुकेर गैजाला) को परिचर्चा र कोशीका रंगपत्रकार संगको भेटघाट

साइनो समाचारदाता/बेलबारी, १६ भदौ , पछिल्लो समयका चर्चित तथा लोकप्रिय मोडल तथा नायक बादल श्रैष्ठ सँग शुक्रबार कोशी प्रदेशका रंग पत्रकारहरुको जम्काभेट सहित उनको नयाँ भिडियोका बारेमा परिचर्चा कार्यक्रम समेत सम्पन्न भएको छ ।


सुनसरीको ईटहरीस्थित परिकला न्यूजको सभाहलमा चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा श्रेष्ठसँगको भेटघाट तथा भर्खरै सार्बजनिक भएको उनको नयाँ भिडियो (सागर बरु सुकेर गैजाला) को परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा मोडल तथा नायक श्रेष्ठले कलाकारिता यात्रा,भोगाई र आगामी योजनाका बारेमा आफना धारणा राखेका थिए । मोफसलमै रहेर पनि केन्द्रस्तरमै प्रतिष्पर्धा गर्न सकिन्छ भन्ने उदाहरण बनेका श्रेष्ठले अहिलेसम्म २५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन ।
मोरंगको बेलबारी घर भएका श्रेष्ठ पछिल्लो समय सार्बजनिक भिडियोबाट बढी आशावादी देखिन्छन । सार्बजनिक भिडियोमा श्रेष्ठले जीवन्त अभिनय गर्न सफल भएका छन । कार्यक्रममा सहभागीहरुले उनको अभिनयको तारिफ समेत गरेका छन । उनी सँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरेका छन ।


चलचित्र पत्रकार संघ कोशीका अध्यक्ष नरेन्द्र बूनेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीको उपाध्यक्ष मनोज दाहालले सञ्चालन र संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा कोशीका सक्रिय रंगपत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर