डाँस मोरङ्गीको ८३ लाखको बार्षीक कार्ययोजना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

डाँस मोरङ्गीको ८३ लाखको बार्षीक कार्ययोजना

साइनो समाचारदाता/ पथरी, भदौ १०
श्री डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०/०८१ का लागि योजना तर्जुमा गोष्टी सम्पन्न गरेको छ । सामुदायीक वनले आर्थिक बर्ष ०८०/०८१ मा ८३ लाख २८ हजार ८ सय १ को आम्दानी गर्ने लक्ष्य लिएको छ भने ७७ लाख ६६ हजार ४ सय ४३ खर्च गर्ने लक्ष्य लिएको छ ।


सामुदायीक वनले योजना सवल र प्रभावकारी बनाउन वडाकार्यलयको उपस्थीतीमा सरोकारवाला पक्ष, वन कार्यलय, सामाजिक ब्यात्ती र संचारकर्मीहरुको सामुहीक राय सल्लाहा सुझाव लिई कार्ययोजना तयार पारेको हो ।
समुहले वन विकास तर्फ २७ लाख १८ हजार २ सय ५५ र गरिवी न्यूनिकरण तर्फ २५ लाख २४ हजार ९४ र अन्य विकास निमार्णमा २५ लाख २४ हजार ९४ रुपयाँ खर्चा गर्ने लक्ष लिएको छ । समुहले भदौ २३ गते हुने साधारण सभामा तिज विशेस कार्यक्रमको आयोजना गरि उपभोक्ताहरुविच नित्य प्रतियोगिता गर्ने भएको छ ।


योजना तर्जुमा गोष्टी कार्यक्रममा बोल्दै वडा नं. १० का वडाध्यक्ष जिवन खतिवडाले नगरमा वन निति ऐन बनेका कारण पथरी शनिश्चरे नगर भित्र रहेका सामुदायीक वनहरुले साझेदारी कार्ययोजना सहित समयमै आउन र कार्ययोजना समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो । डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले अघि बढाएको योजनामा वडा कार्यलय साझेदारी गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा फेकोफन कोसी प्रदेश महासचिव रेनुका दाहालले सामुदायीक बनले दिएका अनुदान र तालिमलाई के कस्ता उपलब्धी हासिल गरे अनुगमन गर्ने र सफल भएका कार्यमा थप प्रोसाहान गर्दै महिलाहरुलाई ब्यावसायीकी करणमा लान बढि भन्द बढि कार्यक्रम योजना ल्याउनु पर्नेमा जोड दिनु भयो ।

सव डिभिजन वन कार्यलय कानेपोखरीका वन अधिकृत रमेश मगरले जनताको सम्पती जनताले नै संरक्षण गर्नु पर्ने भन्दै वन क्षेत्रमा हुने अतिक्रमणमा समुहले ध्यान दिन सुझाव दिनु भएको छ ।

फेकोफन कोसी प्रदेश सदस्य अग्नि पौडेलले अव सामुदायीक बनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरि काम गर्नु पर्ने बताउनु भयो । उहाँले वन समुहले जंगलमा प्राङगारीक मलको योजना अघि बढाए वा डडेलो रोकिने, झाडी सफाई हुनु, उपभोक्ताले प्राङगारीक मलबाट उत्पादन बढाउने र समुहलाई आम्दानीको स्रोत बढ्नेमा जोड्दिनु भयो ।

सबै सरोकारवालाबाट आएको सल्लाहा सुझावलाई प्राथमिक्तामा राखि आगामी कार्ययोजना वनाइने सामुदायीक वनका अध्यक्ष मदन पोख्रेलले बताउनु भयो । पोख्रेलले सामुदायीक वन आगामी दिनमा जैविक मल र खालि जमिनमा नगदे कृषीबालीबाट उपभोक्तालाई आकर्षण गर्ने योजनाका साथ अघि बढ्ने बताउनु भयो ।

भेलाले राजमार्ग आसपासमा भएका अव्यवस्थीत ब्यापार ब्यावसायलाई समयमै निग्रानी गरि सडक दुर्घटनाबाट जोगाउन सुझाव दिएका छन । सामुदायीक वनले बन पैदावारलाई पहिलो प्राथमिक्तामा राखि पर्यापर्यटनको विकास गर्दै ब्यावसायीकीकरणमा जानुपर्ने सुझाव आएको थियो । योजना तर्जुमा कार्यक्रममा फेकोफन मोरङका अध्यक्ष कृष्ण लुईटेल, बालकुमारी कट्टेल, सिता राय, नगर अध्यक्ष मैना फुयाल, उपभोक्ता, सल्लाकार लगायतको उपस्थीती रहेको थियो ।

सम्बन्धित खवर