कक्षा-९ की वन्दना कट्वाल नेपाली सेना र राष्ट्रिय सेवा दल ज्ञानको तालिम अनुभव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

 कक्षा-९ की वन्दना कट्वाल नेपाली सेना र राष्ट्रिय सेवा दल ज्ञानको तालिम अनुभव

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्यलाई आत्मसात् गरी श्री राष्ट्रिय सेवा दलको जन्म वि.सं. २०२२ कार्तिक ७ गते भयो । अनुशासन, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, साथ विपद व्यवस्थापन तथा उद्धार कार्यमा स्वयम् सेवक युवा तयार पार्ने लक्ष्य बोकेको, राष्ट्रिय सेवा दलले हालसम्म म जस्तै ५१३३२ युवा वर्गलाई तालिम दिएको छ | सानैदेखि सेनाप्रति माया गौरव अनि सम्मान गर्ने मान्छे म राष्ट्रिय सेवा दलको परिवारमा जोडिने सपना, मिति २०७८/८/२२ गते पुरा भएको थियो।

५० दिनको संस्थापक तालिम जसमा ३५ दिन आफ्नै स्कुलमा पठनपाठनलाई कुनै पनि असर नपारी ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक तथा समान्य सैनिक ज्ञानको तालिम पाइयो भने, १५ दिन चाहिँ वार्षिक सामूहिक क्याम्पमा जानु पर्दोरहेछ जहाँ विभिन्न विषयका विषयगत विशेषज्ञहरूको तर्फबाट विभिन्न विषयमा जानकारी गराई ३५ दिने तालिमको दौरानमा सिकेको कुरालाई स्तरोन्नति गराइयो । सोही सन्दर्भमा श्री विजेश्‍वरी जान मन्दिर सैनिक महाविद्यालयबाट कुल ३६ क्याडेट छात्राहरू मिति २०७८/११/ ५ गतेको दिन बर्दिबासतिर लाग्यौँ । ठिक एक महिना अगाडि जाने योजना कोभिडले गर्दा स्थगित भएको थियो । पहिला त मनलाई सम्झाउन एकदमै गाह्रो भएको थियो, १५ दिनसम्म साथीहरूबाट टाढा जानु परेको टाढा जानु परेको थियो तर, त्यहाँ गएपछि वातावरण नै भिन्दै थियो । करिब बिहानको ८ बजेतिर हामीले हाम्रो गन्तब्यतिर पाइला चाल्यौं । हामीहरुसँगै काठमाडौंको ड्याफोडिल बोर्डिङ स्कुल नि जान लागेको थियो । कुरिनटारमा हामीले एकछिन विश्राम गरी परिचय गर्नतर्फ लाग्यौं र त्यही सिलसिलामा उनीहरूको स्कुलको समन्वय शिक्षकको रूपमा अ.प्रा सहायक रथी दिपक गुरुङज्यू पनि, आउनुभएको रहेछ । म करिब दुईवर्ष पछि लामो यात्रा गर्दै थिएँ । साथीहरूसँगको त्यो यात्रामा भिन्दै मज्जा आएको थियो । भित्र बसमा सबै जना टि.भी. हेदै रमाउँदै थिए भने, म चाहिँ नेपालको सुन्दरता हेर्दै रमाउँदै थिएँ । बग्दै गरेको नदी, ती अग्ला पहाड अनि त्यसको खोचबाट निस्केको, मन नै मोहित पार्ने झरनाको दृश्य हरिया वनजङ्गल, खेत आदिको मिश्रणले बनेको हाम्रो, राम्रो नेपालको बयान गर्ने कुनै शब्द नै नभएको महसुस गरेँ । धादिङ, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही पार गरी करिब रातिको १२ बजे, मध्यपूर्वी तालिम केन्द्र बर्दिवास सैनिक शिविरमा हामीले कदम राख्यौँ । बाटोमा मैले धेरै ऐतिहासिक तथा पुरातात्विक ठाउँहरू याद गरेको थिएँ । बाग्मती प्रदेशको राजधानी हेटौँडा निकै सुन्दर र सफा रहेछ। एकदमै थकित ज्यानकासाथ हामीहरू खाना खाएर सुत्‍न गयौँ ।

भोलिपल्टको बिहानको घामको किरणसँगै हामीहरू नयाँ अनुभवको साथ दिनहरू कटाउने वाला थियौँ । बिहानको ५ बजे उठेर हामीलाई पहिलो परेडमा सामेल हुन आदेश आयो । अनि १ घण्टाको पि.टी. पछि ७ बजेतिर नास्ताका लागि बोलाइयो । नास्तापछि कपडा फेरेर हामी परेडमा जानुपर्दो रहेछ । पहिलो दिन चाहिँ त्यो मरुभूमि जस्तो ठाउँमा परेड खेल्न जाँदा निकै गाह्रो भएको थियो । १०:३० तिर  छुट्टी दिई हामीहरू सबैजना खाना खानको लागि प्रस्थान गर्‍यौं । त्यहाँको खाना निकै मिठो अनि सन्तुलित आहार नि रहेछ । केही बेरको विश्राम पछि सबै जनालाई सभाहलमा जम्मा हुन आदेश आयो । त्यहाँ सधैँ त्यही समयमा गएर भाषण सुन्नुपर्दो रहेछ । पहिलो दिन चाहिँ त्यहाँ पालना गर्नुपर्ने नियमको बारेमा पढाइयो भने बाँकी अरूदिनमा विभिन्न विषयका विशेषज्ञहरूबाट कक्षा लिइयो । करिब २:३० तिर हामीहरू आफ्नो खाजा खान गयौँ । अनि त्यसपछि  फेरि ड्रिल खेल्न गयौं । पहिलो दिन चाहिँ एकदम झन्झट महसुस भयो  तर पछि बानी पर्‍यो । ५:३० तिर छिट्टै खाना खानुपर्दो रहेछ । घरको तालिका भिन्दै अनि त्यहाँको तालिका भिन्दै भएर सुरुको दिनमा बाधा नि आएको थियो । खाना खाएर हामीहरू सबैजना फेरि सभाहलमा जानुपर्दो रहेछ ।

त्यहाँ सधैँ सांस्कृतिक कार्यक्रम हुँदो रहेछ, हाम्रो क्यम्पमा नेपालका विभिन्न १० वटा जिल्लाका १६ वटा स्कुल आएका थिए । सबैले पालैपालो, नृत्य प्रस्तुत गर्दै गर्दा मलाई व्याकुल माइलाद्वारा रचित हाम्रो राष्ट्रिय गीत याद आयो, ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली……’ म सबै संस्कृतिलाई हेर्दै धेरै कुराहरू सिक्दै थिएँ । यही तालिकाअनुसार हाम्रो दैनिकी कट्थ्यो । ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिकको परीक्षा पनि भयो । साथै, परीक्षाको दौरान भएको सार्वजनिक भाषण (Public Speaking) मा म उत्कृष्ट १६ सम्म पुगेँ । लिखित परीक्षाका साथै अन्यमा पनि उत्कृष्ट नतिजा हासिल गरेँ । त्यहाँ सेनानी टेक नारायण सर, योगेन्द्र कठायत, उप सेनानी सनिसा महर्जन म्यामबाट धेरै कुराहरू सिकेको थिएँ । मलाई लाग्थ्यो कि एउटा साधारण मान्छे नेपाली सेना बन्नु सजिलै काम होला तर वास्तविकता भिन्दै रहेछ । आफ्नो घर परिवार छोडी आफ्ना भित्री इच्छा आकांक्षा तथा सपनाहरूलाई समेत बलिदान दिँदै महिनौँसम्म विभिन्न अवरोधहरू पार गरेपछि मात्र नेपाली सेनाको बर्दी लगाउन पाइँदो रहेछ । यस्तो भाग्यको ताल्चा निकै मेहनत र परिश्रमका साथ आफैंले चाबी खोजी आफैंले खोल्नु पर्नेरहेछ । त्यहाँ हामीलाई सांस्कृतिक कार्यक्रम, सामाजिक कार्य, पैदल यात्रा, विपद् व्यवस्थापन तालिम आदि जस्ता रोचक कार्यहरूमा पनि हामीलाई सहभागी गराइन्थ्यो ।

त्यहाँ गएर मैले धेरै कुरा सिकेँ । अनि आफ्नो जीवनमा धेरै सकारात्मक सुधारहरू  पनि ल्याएँ । त्यहाँ बनाएका सबै नियमहरू राम्रोसँग पालना गरी एउटा अनुशासित विद्यार्थीको रूपमा परिणत भएँ । ५ मिनेटको समयमा लुगा फेर्नु पर्दा, समयको महत्व थाहा पाएँ । १५ दिन सम्म आफ्ना परिवार, आफन्त र मिल्ने साथीहरू भन्दा टाढा बस्दा उनीहरूको मायाको महत्व कति हुन्छ भन्ने कुरा थाहा पाएँ । विद्यार्थी जीवनमा अनुशासन, इमानदारिता तथा बफादारिताको भूमिका पनि बुझेँ । जब भोक लागेको बेलामा लाइनमा बसेर खाना खानुपर्थ्यो अनि, त्यो बेला खानाको महत्वको बारेमा थाहा पाएँ । आफ्नो जुत्तामा पालिस लगाउने कामदेखि लिएर खाना खाएको भाँडा माझ्दा आफूमा आत्मनिर्भरताको भावना विकास गरेँ । अनि केही कुरा प्रस्तुत गर्दा ५७१ जना क्याडेटको अगाडि बोल्दा आफूभित्र आत्मविश्वास जगाएँ । १५ दिन चर्को घाममा उभिएर ड्रिल खेल्दा निस्केको पसिनाले, मलाई ती मेहनती मान्छेको याद दिलायो जसले आफ्नो पेट पाल्न ३६५ दिन नै ३५ डिग्रीको घाममा काम गर्छन । प्रविधिसँग टाढा बस्दा विश्‍वमा भएको सकारात्मक आविष्कारको बारेमा अनि प्राचीन जीवनशैलीको बारेमा थाहा पाएँ । जंक फुड निषेधको कारण आफू स्वस्थ भएको आभाष गरेँ । लेक्चरको बेला नेपाली सेना अनि हाम्रो पुर्खाको इतिहास सुन्दा आउने त्यो भावनाले मलाई निडर, बहादुर, साहसी आदि हुन सिकायो । एउटै कोठामा विभिन्न जात, धर्म, भाषा बोल्ने क्याडेट साथीहरूसँग एउटै धागामा उनेको मालाझैं मिलेर बस्दा राष्ट्रिय एकताको भावना समेत जागृत गरायो ।

यस्तै गरी दीक्षान्त कवाजको दिन आउँदै गर्दाको माहोल भिन्दै थियो । रातिसम्म नयाँ साथीहरूसँगको गफ, हाँसो, अनि दुख पर्दाको सहानुभूति उस्ताजहरूको गालीमा लुकेको त्यो निस्वार्थ माया, ती सबै रमाइला पलहरू छोडेर आउनु पर्थ्यो । तालिमको दौरान गरेका त्यी दु:खले नै अन्त्यमा मिठो फल पनि पाएँ । दीक्षान्त कवाज प्रदर्शनको बेलामा मैले उद्‍घोषकको रूपमा कार्यक्रम सञ्‍चालन गर्ने मौका पाएँ । मेरो लागि त्यो एकदमै गौरवको कुरा थियो । सम्माननीय अतिथिहरूमाझ बोल्न पाँउदाको खुसी भिन्न थियो । साथै सांस्कृतिक नृत्य  प्रतियोगितामा हाम्रो महाविद्यालय परिवारका लागि गौरवमय पल थियो ।

मिति २०७८/११/२० गतेको दिन दीक्षान्त प्रदर्शन समाप्त भएपछि खाना खाएर सबैजना जाने तयारीमा थियौँ । सुरूको १५ दिन अब कसरी काटेर घर जाऔंला भन्ने हामी त्यो दिन चाहिँ घडीको सुई त्यहीँ रोकियोस् भनेर बिर्सिसकेका थियौं ।आँखा भरि आँसु अनि आँसुमा लुकेको त्यो माया बोकी सबैजना एक अर्कालाई अँगालो हाल्दै रूँदै थिए ।१५ दिनसम्म  आमाबाबुको जस्तै माया दिने त्यहाँ खटिएका सबै सर अनि म्याम, दिदीबहिनीको कमी पूरा गरेका नयाँ साथीहरूलाई छोडेर जाँदा भरिएको मेरो आँसुलाई सम्हालेर राखेँ । जिन्दगी धेरै लामो छ, हामीले धेरै मान्छेसँग नाता जोड्नु छ र यसरी आँसु झारेर मनलाई कमजोर बनाएर होइन कि हाँसीखुसी बिदा भई फेरि भेट्ने मौकाको पर्खाइमा बस्नुपर्छ भनेर “सारङ्गी रेटौँला मौका मिले फेरि भेटौंला………..” भन्ने गीत मनमा गाउँदै रमाउँदै बसमा चढेर काठमाडौं तिर लाग्यौं ।काठमाडौं आउने क्रममा ड्याफोडिल स्कुल र हाम्रो महाविद्यालयले भ्रमण गर्ने विचार गर्‍यौं । सहायक रथी दिपक गुरूङ्गज्यूको पहलले गर्दा हामीहरू बाराको निजगढमा जाने मौका पायौं । ललितपुरको खोकनादेखि निजगढसम्म निर्माण हुँदै गरेको ७२.५ कि.मि. लामो फास्ट ट्रयाक नेपाल सरकारले निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको रहेछ ।

अन्त्यमा, सि.सं. ४७ औं ब्याच जुनियर डिभिजन एनसिसि तालिम मार्फत ‘राष्ट्रिय सेवा दल’को परिवारमा जोडिन पाउँदा पुरा भएको मेरो सपनाबाट मैले धेरै कुरा सिकेँ । अनि त्यहाँ बिताएर बनाएको अविस्मरणीय पलहरू सधैँ आफ्नो मनमा कैद गर्नेछु । मलाई गौरव छ कि म पनि देशको चौथो सुरक्षा अङ्गको भाग हो भनेर ।यो सुनौलो अवसर प्रदान गर्ने ‘राष्ट्रिय सेवा दल’ नेपाली सेना र सम्पूर्ण महाविद्यालय परिवारलाई मुरीमुरी धन्यवाद व्यक्त गर्न चाहन्छु ।

                                                                             वन्दना कट्वाल
कक्षा-९
विजेश्‍वरी ज्ञान मन्दिर सै. म. वि., विजेश्‍वरी, काठमाडौं ।

सम्बन्धित खवर