साइनो समाचारदाता/ लेटाङ, ३ भाद्र लेटाङ १ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्धन गर्न स्थानिय युवा सामाजिक अभियन्ताहरुले चासो देखाएका छन । लेटाङका युवा अभियन्ता राजु गौतम सिहतकाे टोलिले राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्धन गर्न के कस्ता प्रयास अघि बढेका छन भन्ने विषयमा वडा नं १ का वडाअध्यक्ष विष्णु मगर संग जानकारी लिएका छन । युवा अभियन्ता संगकाे भेटमा वडाध्यक्ष मगरले विगतका प्रयास, वर्तमानका कार्य तथा भविष्यको योजनाका बारेमा जानकारी दिनुभएको थियो ।

हाल लेटाङ १ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्धनका लागि वडा नं १ र सिङ्गाे लेटाङ नगर लागेकाे छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई राजारानी दरबार ईन् होटलले सेवा दिदै आएकाे छ । विगतका तुलनामा यस क्षेत्रको विकासमा अतुलनीय परिवर्तनको भएकाे र यसको विकासका लागि वडा नं १ मात्र नभइ समग्र लेटाङ नगरपालिका लाग्नु पर्ने राजु गौतमले बताए ।
ऐतिहासिक राजारानी मंदिर र दरबार क्षेत्र, धिमाल जातिहरूको ऐतिहासिक धार्मिक क्षेत्र, राजा पोखरी, रानी पोखरी, छोरी पोखरी, सुनाखरीको राजधानी, विभिन्न प्रजातीका चराचुरुंगीहरू, विभिन्न धर्महरूको साझा स्थल अन्तर धार्मिक शान्ति पार्क लगायतका विशेषता बोकेकाे राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको छुटै महत्व बाेकाेकाे छ । राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सबै लागे भविष्यमा नगरकाे सामाजिक आर्थिक अवस्था परिवर्तनको एक महत्त्वपूर्ण पाटो रहनेछ ।
















