बषै देखि अलपत्र पथरी शनिश्चरेका सडक बत्तिहरु - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

बषै देखि अलपत्र पथरी शनिश्चरेका सडक बत्तिहरु

साइनाे समाचारदाता/ पथरी, भाद्र ३

छिमेकी पालिकाको देखासिकी गर्दै सडक बत्ति जोडेको पथरी शनिश्चरे नगरपालिकाले एक वर्ष वितिसक्दा पनि सडक बत्ति बाल्न सकेकाे छैन । सडकमा जडान भएका सडक बत्तिहरु अलपत्र अवस्थामा रहेको छ । नगरले एक बर्ष अगाडी मोरङको पथरी शनिश्चरे नगरमा पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा ४९ पोल सहित सडक वत्तिहरु जडान गरेको थियो । १९ लाख ८३ हजार १ सय ४८ को लागतमा जडान भएको बत्ति बेवरिसे अवस्थामा रहेका छन ।

२०७४ सालमा स्थानिय सरकार संचालन भए संगै विकासका नाममा सडक बत्ति जडान गर्ने होडवाजी थियो । उर्लाबारी नगरपालिकाले महेन्द्र राजमार्ग झिलिमिली पारे संगै पथरी शनिश्चरे नगरले सडक बत्तिको अवधारण अघि बढाएको थियो । नगरले बजारका मुख्य चोक चोकमा लाखैको खर्च गरेर सैर्य सडक बत्ति समेत जडान गरेको थियो । १० वटा वडा रहेको नगरका बाटामा बत्ति सहितका पोलहरु ठिङग्रिङ छन । पोल, बत्ति, ब्याट्रि र सोलर प्यानलको संरक्षण र मर्मत नहुदा कवाडीमा परिणत हुने देखिन्छ । बत्ति बेगरका पोलका कारण दुर्धटनाको जोखिम समेत बढेको छ ।

काठमाडौको नविकडरीया उर्जा प्रा. लि. ले काम सम्पन्न गरि नगरलाई जिम्म लगाएको कम्पनीका मार्केटिङ म्यानेजर सुवास बस्नेतले बताउनु भयो । तर आधा पोलमा नगरबाट र आधा पोलमा ब्यात्तीको घरबाट विधुत लाईन जडान भएकाले समस्या आएको बस्नेतले बताउनु भयो । एक बर्षको ग्यारेन्टी छ बीत्त नबले अझै पनि फेर्दिने उहाँको भनाई छ ।

लाखैको सडक बत्ति जडान भए पनि सडक अध्यारै छ । नगरले स्थानियलाई थाहै नदिइ र सुचना नगरि जनप्रतिनिधी र कर्मचारीको मिले महत्वमा बत्ति जडान भएको स्थानीय हेम चन्द्र बास्तोलाले आरोप लगाउनु भएको छ । कर्मचारीको सेटिङमा जडान भएको बत्ति संचालनमा आएको १५ दिनमै बिग्रिएको बास्तोलाले बताउनु भयो । कमिसनको खेलमा नगरले बजेट दुरुपयोग गर्दै आएको उहाँको भनाई छ ।

यता सैर्य बत्ति मर्मत गर्ने प्राबिधिक नभएका कारण संचालनमा नआएको नगर प्रमुख मोहन प्रसाद तुम्बापोले बताउनु भयो । राजमार्गको सडक बत्ति भने ठेकेदार कम्पनीको लापवाहीका कारण संचालनमा हुन नसकेको प्रमुख तुम्बापोले बताउनु भयो । तर नगरले चाडै प्राबिधिक लगाएर संचालनमा ल्याउने उहाँको भनाई छ ।

सस्लो लोकप्रियताका लागि चौकमा जडान भएको सैर्य बत्तिको मर्मत संभार नहुदै नगरले अर्को सडक बत्ति जडान गरेको थियो । जिम्मेवारी पाएको कम्पनीले धोका दिएको पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भिम कुमार राईले बताउनु भयो । उत्त कम्पनीले धोका दिएका कारण फेरि साठे तिन लाखको लगानीमा अकै प्राबिधिकलाई काम जिम्मा दिने तयारी भएको वडाध्यक्ष राईले बताउनु भयो ।

सम्बन्धित खवर