पञ्चायत मावि पथरीमा ‘हामी सुधार्छौ हाम्रो विद्यालय’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

पञ्चायत मावि पथरीमा ‘हामी सुधार्छौ हाम्रो विद्यालय’

साइनो समाचारदाता/पथरी, २ भाद्र
हामी सुधार्छौ हाम्रो विद्यालय भन्ने मुल उदेश्यका साथ आज पञ्चायत मावि पथरी शनिश्चरेले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । विद्यालय सुधारका लागि बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावक, कर्मचारी, पुर्व विद्यार्थी, विज्ञ र सरोकारवाला पक्ष संग अन्तरक्रिया गरिएको थियो ।


अन्तरक्रिया कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले ‘सामुदायीक विद्यालय प्रसासन व्यवस्थावनमा देखिएका समस्या र समाधान’ का विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक र ब्यावस्थापन समितिको काम कर्तब्य र जिम्मेवारीका बारेमा जानकारी दिदै अध्यक्ष बास्कोटाले पञ्चायत विद्यालयलाई हाम्रै पालामा नमुना बनाउन सकिने बताउनु भयो । शिक्षकले विद्यार्थीको मनोभावना अनुरुप सहजिकर्ताको भुमिका निर्वाह गर्दै अघिबढ्न आग्रह गर्नु भएको छ ।
अभिभावकको चासो सामुदायीक विद्यालय र विद्यार्थीमा नरहेको शिक्षकको गुनासो रहेको छ । अभिभावकले आफ्ना नानिहरुको र शैक्षिक संस्थाको विषयमा चासो दिई शिक्षक संग परामर्स लिने र दिने कार्य अनिवार्य रहेको शिक्षकको भनाई रहेको थियो ।
अभिभावकको साथ र सहयोग भए विद्यार्थीको चाहाना अनुरुप अतिरिक्त क्रियाकलाप र परापुर्वक पद्धती भन्दा फरक नयाँ प्रबिधि सहितको शैक्षिक शिकाई पद्धतीमा लाग्ने प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनु भयो । अभिभावले सामुदायीक विद्यालय र आफ्ना नानिहरुमा चासो नदिदा बिद्यालय क्षेत्रमा दुर्वेशनी बढ्ने र बालबालीका कुलतमा फस्न सक्ने उहाँले बताउनु भयो ।

सामुदायीक विद्यालय सफल हून सबै पक्षको अहम भुमिका हुनु पर्ने ब्यवस्थापन समितिकी सदस्य गोमा दाहालले बताउनु भयो । कार्यक्रममा बालबालिकालाई लैगिक हिंसा, दुर्वेशनीको सिकार हुनबाट बच्न र विद्यार्थीका समस्यया चुनौती र समाधान सम्बन्धी ब्यवस्थापन समितिकी शिक्षक र अभिभावकले खेल्नु पर्ने भुमिकाका बारेमा सहजिकरण गर्नु भएको थियो ।
सामुदायीक विद्यालय तर्फ छुट्टै परिचय बनाएको पञ्चायत माविमा विज्ञान, सिभिल ईन्जिनियर, ब्यवस्थापन, शिक्षा, मानविकी, आर्ट, पत्रकारीता, कानुन संकायमा पठन पाठन हुदै आएको छ । सामुदायीक विद्यालयमै कोसी प्रदेशमा उत्कृष्ट नतिजा ल्याएकको पञ्चायमा पुर्वी नेपालको दुरदराजका बालबालिकाहरु अध्यायन गर्दै आएका छन । कोसी प्रदेशको एक मात्र दुई सय बैद्धिक अपाङ्गता बालबालिकाको लागि आवासीय सहितको विद्यालय संचालन हुदै आएको छ ।
कार्यक्रममा, संविधान सभा सदस्य चण्डि प्रसाद राई, व्यवस्थापन पुर्व अध्यक्ष आइतकुमारी राई, वडाध्यक्ष भिम कुमार राई, राजनैतिक दतका प्रतिनिधी गणेश खड्का, देवराज भण्डारी, पर्शु मिश्र, शिक्षक, अभिभावकको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर