साइनो समाचारदाता/ पथरी, १ भाद्र
मोरङको पथरी शनिश्चरे नगरले ठुला योजनाको सुचना लुकाउने गरेको छ । धेरै योजनाहरु भित्र भित्रै संझौता भएका कारण बजार मुल्य भन्दा महङगो र अलपत्र पर्न गएको स्थानीयले बताएका छन । योजनमा समस्या आए पछि उत्त योजनाको विवरण माग्दा नगरले लुकाउने गरेको छ ।
नगरबाट दुई सय मिटर टाढा रहेको वडा नं. १ पिपल बोटमा बनेको अनाधिकृत भवनको विवरण, डाँस खोला ठेक्का र मिडियामा भएको खर्च रकम सहितको विवरण नगरले लुकाएको छ । सुचना हक प्रयोग गरि संचारकर्मीले हालेको निवेदनको नगरले बेवस्था गरेको छ ।
उत्त विषयमा सुचना अधिकारी शालिग्राम काफ्ले संग बुझदा आफु नामको मात्रै सुचना संयोजक तोकेको तर जिम्मेवारी र अधिकार बिहिन बनाको बताए । सोहि कारणले आफुले शिक्षा शाखा बाहेक अन्य समितिबाट राजिनामा दिएको बताए ।
कर्मचारीको भित्रि सेटङिका कारण नगरले २ पटक खरिद गरेको करिव ३० लाख बरावरको फर्निचर, १९ लाखको कम्पुटर खरिदमा समेत विबाद आएको थियो । नगरले १ बर्ष अगाडी जडान गरेको पुर्व पशिचम राजमार्गको सडक बत्ति हाल सम्म पनि बल्न सकेको छैन । २ बर्ष देखि पथरी शनिश्चरे १ मा रहेको यलम्वर चोकमा राख्ने भनिएको यलम्वरको शालिक अझै राखिएको छैन । ४ बर्ष देखि नगरका चोक चोकमा रहेको सैर्य बत्ति अलपत्र अवस्थामा रहेको छ । अस्पताल मार्गको बाटो म्याद सकिसक्दा पनि बन्न सकेन । पश्चिम बस स्टेसन नजिकै बनाएको सौचालयमा नगरको बजेट दुरुपयोग भएको देखिन्छ ।
केहि योजना राष्ट्रिय स्तरको मिडियामा छाप्नु पर्ने भन्दै काठमाडौका मिडियामा दिने गरेको । नगरले ठेक्काका नगरका योजनाका सुचना आम जनता, स्थानीय र संचारकर्मीहरुले थाहै नपाउने गरि गुपछुप गर्ने गरेको पाईएको हो । नगरले राज्यको निति अनुसारै राष्ट्रिय स्तरको मिडियाबाट सुचना सार्वजनीक गर्ने गरेको पथरी शनिश्चरेका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मि खरेलले बताउने गरेका छन । अनाधिकृत रुपमा नगरकै अगाडी बनेको भवनको समेत आफुलाई जानकारी नभएको खरेलले बताएका थिए ।
नगरले ठेक्काका योजनाहरु लुकाएका कारण धेरै योजनाहरु अलपत्र परेका छन । नगरले कुनै पनि ठेक्काको सहज सुचना सार्वजनीक नगरेका कारण बाहिरका कम्पनीले आउने र काम अलपत्र पर्ने गरेको नगरका ब्यापारी र ठेकेदारहरुको भनाई छ ।