निति अनुसार नचल्दा सहकारी जोखिममा, पथरी शनिश्चरेमा पनि समस्या आउन थाल्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

निति अनुसार नचल्दा सहकारी जोखिममा, पथरी शनिश्चरेमा पनि समस्या आउन थाल्यो

साइनो समाचारदाता/ पथरी, साउन ३१
सहकारी निति नियम अनुसार नचलेको कारण जोखिम बढेको पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले बताउनु भएको छ । मोरङको पथरी शनिश्चरे नगरमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरी शाखाले आयोजना गरेको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारण सभाको उद्घाटन गर्दै उत्त कुरा बताउनु भएको हो ।


नगर प्रमुख तुम्बापोले देशको आर्थिक अवस्थामा केहि समस्या आएको छ त्यसमा पनि नाम चलेका सहकारीको केहि कमी कम्जोरीले संस्था डुबेको बताउनु भएको छ । सहरकारीलाई जोगाईराख्न सहकारीकर्मी र सेयर धनीले गम्भीर छलफल गर्न जरुरी रहेको बताउनु भयो ।
सहकारीले सहकारी निती र नियम भन्दा फरक पारिवारी ढंगले संचालन गरेका कारण पुर्वमा धेरै सहकारीहरु भगेका र अन्य धेरै साना सहकारीहरु जेखिममा रहेको बताउनु भयो । पथरी शनिश्चरेका केहि सहकारीमा यस्ता समस्या आएता पनि मेचि सहकारीले सेयर सदस्यलाई दिएको सेवा उलेख्नीय रहेको बताउनु भयो । तुम्बापोले  सहकारीले अझमजबुत निति नियम र योजना बनाई आफ्ना प्रोडकहरु विश्व बजारमा पुर्याउन शुभकामना दिनु भयो ।


पुर्व नेपालमा १२ वटा सेवा कार्यलय रहेको मेची सहकारी संस्थाले ३ अर्व ८ करोड ६९ लाख ६८ हजार ७ सय ३५ रुपयाँ कर्जा लगानी गरेको छ । सहकारीले जम्मा ३ अर्व ५५ करोड १७ लाख ४९ हजार २ सय ९४ कारोवार गर्दै आएको छ । ३० करोड १७ लाख ९८ हजार ६४ रुपयाँ नगद तथा बैकमा रहेको प्रतिबेदनमा उल्लेख छ । ४ करोड ९२ लाख ७१ हजार २ सय सेयर लगानी रहेको सस्थाको सेयर पुजि ३७ करोड ४९ लाख ८३ हजार ८ सय रहेको छ ।


१० करोड ४३ लाख ८० हजार २ सय ५ सम्पती जगेणा गरेको सहकारीले ब्याजबाट मात्रै ४३ करोड ९५ लाख ६६ हजार ९ सय ९४ र अन्य कारोवारबाट १ करोड १५ लाख ८१ हजार ५ सय १ आम्दानी गरेको छ ।
संस्थाले वार्षीकोत्सव तथा साधारण सभा कार्यक्रममा, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, बाल बचतकर्ता, उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
संस्थाको २९ औं बार्षिक साधारणसभाको अवसरमा भदौ १२ गते संस्थाले संस्थाका पूर्व अध्यक्ष गणेशप्रसाद बस्नेतको नाममा स्थापना गरेको गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियान्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी थामसुहाङ, ‘गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कार’ संचारकर्मी चीना थापालाई दिइने भएको छ । त्यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति झापाका सम्वाददाता राजु पोखरेललाई प्रदान गरिने कार्यक्रमका सभापती थता पथरी शाखाका संयोजक रुद्र तामाङले जानकारी दिनु भयो ।


२१ वटा निति कार्यक्रमका साथ अगाडी बढेको संस्थाले २५ जना बालबालिकालाई अभिभवकत्व ग्रहण गरेको छ । संस्थाले सवारी, घर निर्माण, युवा स्वरोजगार, घर जग्गा खरिद, ब्यावसायी लगायतमा कर्जा लगानी गर्दै आएको छ ।
सदस्यको सुख दुखको साथी बन्दै आएको मेची सहकारीले सदस्यको शल्यक्रिया अन्तरगत दात परिवर्तन गर्ने देखि लिएर क्यान्सर, मुटु र किड्नी रोग लागेका सेयर सदस्यलाई ५० हजार सम्म आर्थिक सहयोग गर्दै आएको छ । मेची आवास कार्यक्रम अन्तरगत लोकप्रियता कमाएको सहकारीले २४ जना छात्रछात्रालाई प्लस टु अध्यायन गराउदै आएको छ । ७० बर्ष माथीका जेष्ट सदस्यलाई १७ सय र ८० माथीका जेष्ठ सदस्यलाई ३० हजार नगद सहित ८४ गर्दै आएको छ ।
झापा र मोरङको १२ स्थानमा शाखा विस्तार गरेको सहकारीको १५ हजार २ सय ५८ जना सेयर सदस्य रहेको छन । ८ सय ९३ जना सेयर सदस्य रहेको मेची सहकारीको पथरी शेवा केन्द्रले पथरी शनिश्चे वडा नं. १ को हरियाली सामुदायीक वनको सभाहलमा कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित खवर