संसद शर्माले मागे कार्यकर्ता संग माफी - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

संसद शर्माले मागे कार्यकर्ता संग माफी

साइनाे समाचारदाता/ पथरी, ३० साउन
मोरङ क्षेत्र नं. ३ का संसद सुनिल कुमार शर्माले आफुले दिएको अभिब्यातीले नेपाली काग्रेसका शुभेच्छुकमा चोट परेको भन्दै माफी माग्नु भएको छ । शर्माले आफुले प्रधानमन्त्री प्रचण्डलाई कहिल्यै “आतंककारी” नभनेको बताउनु भएको छ ।


संसद शर्माले केपी ओली जिन्दवाद, राजनेता केपी ओली जिन्दवाद भनेको विषयमा कांग्रेस शुभेच्छुक कार्यकर्ता र नेतामा पर्न गएको असर प्रति आत्मा आलोचना गर्नुभएको हो । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ को आयोजनामा भएको विशेष अन्तरिक अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रममा बोल्दै नबोलेको “आतंककारी” शब्द प्रचण्ड संग जोडि भ्रम फैलाएको बताउनु भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका २, सिनभिलेज पार्र्टी प्यालेसमा भएको कार्यक्रममा संसद शर्माले केहि दिन अघि केपी ओली जिन्दवाद, राजनेता केपी ओली जिन्दवाद भन्दै अभिब्यत्ती दिनु भएको थियो । संसद शर्माले आफ्नै नेताले आफुलाई सेटिङमा पक्राउ गरेको र आफ्नो बचाउमा नेकपा एमालेका अध्यक्ष केपी ओली बोलेको कारण उत्त अभिब्यत्ती दिएको बताउनु भएको छ । शर्माले भन्नु भयो “आफ्नै सभापती र सचेतकले केहि बोलेन्न मेरो बचाउमा जजस्ले बोले सबैको जयजयकार गरेको छु” । तर केहि मिडियाले चिटिक्क काटेर ओलीको मात्र हाईलाईट गरेको कारण तपाईहरुको मनमा चोट पर्न गएको बताएका छन । यता नबोलेको “आतंककारी” शब्दले माओबादी कार्यकर्ताले समेत चोट पुगेको बताउदै प्रमाण पुर्याए जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।
समस्यामा परेका बेला आस्रर्य दिने मान्छेले तेरो मेरौ हुदैन । मैले “केपी ओलि जिन्दाबाद” भन्नु भन्दा पहिला आफुले विपी जिन्दाबाद, गणेशमान जिन्दबाद, किसुनजी जिन्दाबाद भनेको छु तर मिडियाले केपी ओली जिन्दवाद मात्रै काटेर भ्रम फैलाएको बताउनु भयो । जनताको आवाज उठाउदा आफ्नै पाटिले समेत दबाउन खोजेको उहाले बताउनु भयो ।


यो कलियुगको कांग्रेस यो काग्रेस भित्र आमुल परिवर्तन हुन जरुरी रहेको बताउदै त्यो काम क्षेत्र नं. ३ बाट सुरु भएको बताएका छन । सेटिङमा १ सय किलो सुन भारत र्पुयाए बापत १४ करोड सम्मको चलखेल हुने गरेको छ । अर्थमन्त्री प्रकाशसरण महत, अर्थसचिव ओम रायमाझी सहित विमानस्थलमा रहेका भन्सारका हाकिम, कर्मचारी र प्रहरीको मिलेमहत्वमा नेपालको बिमानस्थल सुन तस्करको ट्रान्जीट पोएन्ट बनाएको शर्माले बताउनु भयो ।
नेपालको बिमानस्थल प्रयोग गरि दैनिक तिन सयदेखी ४ सय टन सुन भारतिय बजार भित्रिने गरेको उहाँको भनाई छ । आफु संग सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिका रहेको प्रमाण भएको बताउदै राजिनामा माग्दा २४ घण्टासम्मा गिरफतारी गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काग्रेसको केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेसमा आएको विचलन ध्रुविकरणको समाधानका लागि अघि बढेको बताउनु भयो । सच्चा कांग्रेसले सरकारमा भएका भ्रष्टचार, सुनतस्कर, ललिता निवास लगायतका बेथितिका बिरुद्ध बोल्ने हो तर पार्टिका विरुद्ध बोल्ने हैन पार्टिलाई सुधमर्न लाग्नु पर्ने उहाँको भनाई छ । अभियानले आउदो चुनावमा नेपाली काग्रेस एकलै उठ्ने एकलै जित्ने बाटो तय गर्ने सहमहामन्त्री उपाध्यायले बताउनु भयो । कांग्रेसका नेता कार्यकर्ता झुटा आरोपमा जेल जादै गर्दा सभापती र अन्य नेता नबोलेको प्रति दुख ब्याक्त गर्दै नेपाली काग्रेसको सरकार भए पनि जनताले त्यो अनुभुती गर्न नपाएको उहाँको भनाई छ ।

सम्बन्धित खवर