पुर्व प्रहरी तथा रास्वपा वडा सभापतीद्धारा शैक्षिक सामाग्री वितरण - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पुर्व प्रहरी तथा रास्वपा वडा सभापतीद्धारा शैक्षिक सामाग्री वितरण

साइनाे समाचारदाता/ पथरी, १६ साउन
पुर्व प्रहरी वरिष्ट नायब निरीक्षक तथा रास्वपा वडा सभापती हिक्मत कुमार श्रेष्ठले शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । श्रेष्ठले आफ्नो पेन्सनको १० प्रतिशत रकमबाट शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । श्रेष्ठले मोरङ पथरी शनिश्चे वडा नं. ४ को सरस्वती आधारभुत विद्यालयका वालबालिकालाई उत्त सहयोग गर्नु भएको छ ।


श्रेष्ठले आफु सेवानिवृत्ति हुदा पेन्सनको १० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने घोषण गर्नु भएको थियो । उहाँले पहिलो पेन्सनको १० प्रतिशत रकमबाट पथरी शनिश्चरे वडा नं. ४ को सरस्वती आधारभुत विद्यालयका १ सय ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
श्रेष्ठ नेपाल प्रहरीको सेवाबाट ४ महिना अगाडी सेवानिवृत्ति हुनु भएको थियो । नेपाल प्रहरीको सेवाबाट रिटायरमेन्ट हुनु भएका श्रेष्ठ राष्ट्रीय स्वतन्त्र पार्टीको सकृय राजनीतीमा लाग्नु भएको छ । पथरी शनिश्चरे वडा नं. ४ का सभापती श्रेष्ठ रिटायर जिवन राजनितीक र सामाजिक कार्यमा लगाउनु भएको छ ।


श्रेष्ठले आफुले दिएको सहयोग सानो भए पनि गरिवका छोरा छोरीलाई पढ्न प्रोसाहान मिल्ने बताउनु भयो । सबैको सहयोग भए सामुदायीक विद्यालयको मुहार फेरिने उहाको भनाई छ । सरकारी विद्यालयमा विद्यार्थी र अभिभावको विश्वास बढाउन र गरिवका छोरा छोरीले कापी पेन्सीलका कारण शिक्षाबाट बन्चित हुनु नपरोस भन्ने उदेश्यले आफुले सहयोग गरेको बताउनु भयो ।
ग्रामीण भेगमा रहेको सामुदायीक विद्यालयमा कुनै पनि दाताको नजर नपरेको र पुर्व प्रहरी श्रेष्ठको सहयोगले ठुलो सन्देश दिएको विद्यालयका प्रअ रामप्रसाद न्यौपानेले बताउनु भयो ।

सम्बन्धित खवर