दिपेश रोक्का
कानेपोखरी श्रावण १४ – जनएकता बचत सहकारी संस्थाको अध्यक्ष सन्तोष फुयलको जन्मउत्सबमा मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं ६ रमाइलोमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
आफ्नो जन्मदिनको अवसरमा बाताबरणलाई स्व्च्छ बनाउनको लागि वृक्षरोपण कार्यक्रम गरेको जनएकता बचत सहकारी संस्थाको अध्यक्ष सन्तोष फुयलले बताए । बिरुवालाई हुर्किन बढ्नको लागि दैनिक रुपमा पानी हाल्ने , मल हाल्ने साथै आगामी दिनमा फेरि पनि सरसफाइ , वृक्षरोपाण जस्ता कार्यक्रम गर्ने फुयालले बताए ।
वृक्षरोपण कार्यक्रममा २० ओटा भन्दा बढि स्वामीको बिरुवाहरु रोपिएको थियो । सो कार्यक्रममा रमाइलो जेसिजका अध्यक्ष मातृका कोइराला , रमाइलो जेसिजका सदस्य र स्थानीयहरुको उपस्थित रहेको थियो ।