तीन करोडभन्दा बढी ठगेर रंगेलीका सुन व्यवसायी फरार  - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

तीन करोडभन्दा बढी ठगेर रंगेलीका सुन व्यवसायी फरार 

विराटनगर । सर्वसाधरणलाई महँगो ब्याजको प्रलोभन देखाएर बचत संकलन गरेका मोरङ, रंगेलीका सुन व्यापारी पवन कुमार सोनी परिवारसहित फरार भएका छन् । सोनी साउन ६ गते शनिबार रातिदेखि उनका बुबा, दुई जना छोराछोरी र श्रीमतीसहित फरार भएको प्रहरीले जनाएको छ ।

सोनीले सर्वसाधरणलाई महँगोमा ब्याज दिने भन्दै रकम संकलन गरेका थिए । उनले थुप्रै गरगहना पनि सर्वसाधारणबाट धितो राखेका थिए । ठगीको यकिन विवरण नआए पनि तीन करोड रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीले जनाएको छ ।‘रंगेली बजारभरिको ठगीको रकम हिसाब गर्दामात्रै ३४ जनाको २ करोड ६५ लाख ८४ हजार रकम पुगेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘अन्य प्रमाण पनि आउने क्रम जारी छ । ३ करोडभन्दा बढी ठगी भएको अनुमान गर्न सकिन्छ ।’

व्यवसायी सोनीले बैंक र सहकारीबाट पनि ऋण लिएको सुनेको प्रहरीको भनाइ छ । ‘गत ६ गते शनिबार रातिदेखि पसल बन्द छ । दाजुभाइलाई सोध्दा हामीलाई पनि जानकारी छैन भनेका छन् । फरार नै होला,’ प्रहरीले भन्यो, ‘घटनाक्रम हेर्दा फरार नै हो जस्तो पनि देखिन्छ ।’

राम्रो ब्याज दिन्छु भनेपछि मानिसले रकम बचत गरेको र बचत फिर्ता नगरी सोनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । ‘महँगोमा ब्याज दिन्छु भनेर पैसा संकलन गरेर भागेको पाइएको छ,’ दाहालले भने, ‘फरारको खोजी र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’
रंगेली नगरपालिका वडा नं ७ स्थित मुख्य बजारमा सोनीले ओम शान्ति ज्वेलर्स सञ्चालन गरिरहेका थिए । सोनी परिवार रंगेलीका पुराना सुन व्यवसायी हुन् । त्यही विश्वासले सर्वसाधारणले करोडौं मूल्य बराबरको सुनचाँदी र नगद जम्मा गरेका थिए ।

सोनी फरार भएपछि गरगहना राख्ने र ब्याजमा रकम लगाउनेहरु बिचल्लीमा परेमा छन् । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी पनि दिएका छन् । स्थानीय रंजित यादवले आफूलाई सोनीले विभिन्न मितिमा दिएको चेक साट्न जाँदा बैंकमा ‘बाउन्स’ भएको बताए । ‘पैसा मौज्दात नभएको बैंक खाताको चेक दिएका रहेछन्,’ उनले भने ।
प्रहरीका अनुसार सोनीले पथरी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदीका गरगहना धरौटीमा राखेको पाइएको छ । रंगेली–७ का अजय रायले आफूले दिएको २१ लाख रुपैयाँ सोनीले फिर्ता नगरेको बताए ।

 

तमसुक बनाएर पैसा दिएको भए पनि सोनी बेपत्ता भएपछि उनलाई चिन्ता थपिएको छ ।रंगेलीकै दुर्गा मन्दिर पछाडि आफ्नै घरमा सोनी परिवार बस्दै आएका थिए । प्रहरीले भने अदालतले हेर्ने कुरा अदालतबाट र ठगीको विषयमा प्रहरीले एकमुष्ट प्रमाण संकलन गरेर जाहेरी दिने तयारी गरेको जनाएको छ । यस्तै चेक बाउन्सबारे बैंकिङ कसुर अनुसार मुद्दा चलाउने सल्लाह भएको प्रहरीले जनाएको छ । सोनीका दाजुभाइ रंगेली र कर्सियामै सुन पसल चलाएर बसेका छन् ।

सोनीले आफ्नो घर पनि लुम्बिनी बिकास बैंक धितोमा राखेर करोडौं रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याजसमेत नतिरेको पाइएको छ । बैंककै नाममा रहेको घर जग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ ।

सम्बन्धित खवर