चितवन ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा बिभिन्न कारणले १ सय १७ वटा वन्यजन्तुको मृत्यु भएको छ ।
गत आर्थीक बर्ष २०७९।८० मा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिगे गैडा १७ वटा अर्ना ३ हात्ती २ पाटे बाघ ३ घडीयाल गोही ६ र चिततुवा १ सहित १ सय १७ वटा वन्यजन्तुको बिभिन्न कारणले मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
दुर्लभ एक सिगे गैडा १ चोरी शिकार बाट २ करेण्ट लागेर १ जुधेर र १ वटा बाढीले बगाए मृत्यु भएको हो भने अन्य प्राकृतिक कारण उमेर पुगेर र बाघको आक्रमण बाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा सुचना अधिकारी गणेश प्रसाल तिवारीले बताउनु भयो ।
बन्यजन्तुहरु धेरै जसो प्राकृतिक कारणले मरेको छ भने २८ वटा चित्तलको मृत्यु भएकोमा २५ वटा कुकुरको आक्रमणमा परेर मृत्यु भएको छ ।