दिपेश रोक्का
कानेपोखरी श्रावण ०६– जन निर्बाचित नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ४१ औँ स्मृति दिबसको अवसरमा नेपाली काँग्रेस कानेपोखरी गाउँपालिका कार्यसमितिले बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
आज कार्यसमितिले कानेपोखरी ४ खोरियाको खेलमैदानको प्राङ्गण आसपास तथा विभिन्न खुल्ला क्षेत्रमा करबि ५० वटा भन्दा बढी विरुवा रोपेको हो ।
कार्यसमितिले हरेक बर्ष विपि जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाली काँग्रेस कानेपोखरी गाउँपालिका समितिका सभापति योगेन्द्र दाहालले जानकारी दिएका छन । यता पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ ले पनी ४१ औँ स्मृति दिबसको अवसरमा बृक्षारोपर कार्यक्रम सम्पन्न गरेको छ ।