लामखुट्टेको बासस्थान नष्ट गर्न पथरी सामुहिक अभियान सञ्चालन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

लामखुट्टेको बासस्थान नष्ट गर्न पथरी सामुहिक अभियान सञ्चालन

पथरी श्रावण ६ पथरी शनिश्चरे वडा नं १ ले बढ्दो डेङ्गु रोगको प्रकोप नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न सामुहिक अभियान सञ्चालन गरेको छ ।


आज वडा नं १ को मुख्य सडक गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु गरी पश्चिम बस स्टेन्ड हुँदै पुनः गार्खा डिपार्टमेन्ट सम्म अभियान सञ्चालन गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा अध्यक्ष भीमकुमार राई, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी, ब्यापारी साथै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


अभियानको उद्घाटन गर्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले डेङ्गु रोगले अकालमै मार्न सक्ने भएकाले यस्बाट बच्न सबैले लामखुट्टेको बासस्थान पहिल्याई त्यस्लाई नष्ट गर्नुपर्ने बताउनुभयो । नगरले पथरी शनिश्चरे भरीनै यो कार्यको सुरुवात गर्ने लक्ष्य लिएको बताउदै वहाँले यो अभियानमा सबैको साथ अपरीहार्य रहेको बताउनुभयो ।
अभियानमा आफ्ना भनाई राख्दै वडा नम्बर १ का वडा अध्यक्ष भीमकुमार राईले पथरी शनिश्चरेमा डेङ्गुको प्रकोप बढेको कारण यस्को पुर्र्ण नियन्त्रणको लागी यो कार्य गरीएको र यस कार्यलाई निरन्तर रुपमा अघि बढाइने बताउनुभयो । डेङ्गुबाट हुने संक्रमण र यस बाट बच्ने उपायका बारेमा नगर प्रमुख मोहन प्रसाद तुम्मापो,वडा अध्यक्ष भिम राई, समाजसेवी प्रदीपकुमार राई लगायतले व्यवसायीहरुलाई सचेत गराउनुभएको थियो ।


वडाले आज बाट सुरु गरेको अभियान प्रती एक्यबद्धता जनाउदै स्थानीयले वडाको कामले सफलता पाउनेमा आफु विश्वस्त रहेको बताएका छन । स्थिानीय सामाजीक काममा सक्रिय कला पराजुलीले वडाको काम सरनीय रहेको  तर बिषाधी प्रयोग गर्दा अपनाईनुपर्ने स्वास्थ्य प्रोटोकलमा वडाले खासै ध्यान नदिएको प्रती आफ्नो असन्तुष्टि रहेको बताउनुभयो । वहाँले विषधीले बिस्तारै अषर देखाउने भएकाले स्वास्थय प्रोटोकललाई विषेश ख्याल गर्नुपर्ने बताउनुभयो ।

 

सम्बन्धित खवर