शान्ति सामुदायीक वनको नेतृत्व चयनको विवाद सतहमा,वन र वडामा ज्ञापन पत्र पेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

शान्ति सामुदायीक वनको नेतृत्व चयनको विवाद सतहमा,वन र वडामा ज्ञापन पत्र पेश

पथरी श्रावण ४ – मोरङको पथरी शनिश्चरेमा रहेको शान्ति सामुदायीक वनको आगामी नेतृत्व चयनको विवाद सतहमा आएको छ ।

समितिका ३ जना पदाधिकारी नरहेको अवस्थामा हालका समितिले अधुरो समितीमा मनोनयन गर्ने आफु अनुकुल विधान संसोधन र परिमार्जन गर्ने गरेका कारण टोल कमाण्डर सहीतका उपभोक्ताले असहमती जनाउदै संबन्धीत निकायलाई संयुक्त खवरदारी पत्र बुझाएका छन ।
समितिले टोल कमाण्डर, लेखा समिति संयोजक र सल्लाहकार सहित पटक पटक गरेको निर्णय र वडाध्यक्ष सहितले गरेको छलफललाई बेवस्था गर्दै समितिका केहि ब्याक्तीको हितमा निर्णय गरेको बताएका छन ।

हाल कार्यसमितिमा रहेका पदाधीकारीहरुको एकलौटी हस्तक्षेपका कारण विवाद उत्पन्न भएको उपभोक्ता अमित लिम्बुले बताए ।
उपभोक्तालाई जानकारी नै नगराई वनका कार्यवहाक अध्यक्ष हेमभत्त गुरुङ र कोषाध्यक्ष कुल मणि गुरुङले विधान परिमार्जन गरि उपभोक्तालाई नेत्रित्व पक्षमा जानबाट रोक लगाएको उपभोक्ता अमर बहादुर कार्कीले बताउनु भयो ।

समुहका अध्यक्ष के वि गुरुङ, सहअध्यक्ष प्रकाश थापा र सचिव मेनुका राई पदबाट बाहिर रहदा वनको नेतृत्व कार्यवाहक अध्यक्ष हेमभत्त गुरुङले सम्हाल्दै आउनु भएको छ । अध्यक्ष गुरुङ पदबाट निलम्बनमा पर्नु भएको हो भने सहअध्यक्षको निधन भइ सकेको छ । त्यस्तै सचिवले राजिनामा दिनु भएको छ । निर्वाचित अध्यक्ष सचिव नरहे पछि ६ महिना भित्र चुनाव गराउनु पर्ने हो तर विभिन्न अडकलबाजी थाप्दै २ बर्ष सम्म झुलाएको कारण टोल संयोजकहरुले विरोध जनाएका छन ।

पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भिम कुमार राईले आफु सहित बसेर बहुमतले गरेको निर्णयको अपहेलना गर्दै कार्यवहाक अध्यक्ष र कोषाध्यक्षले उपभोक्तालाई घुम्राहमा राखेको बताउनु भएको छ । उहाँले भन्नु भयो “सम्पुर्ण उपभोत्ताहरु सक्षम रहेको र बहुमतको निर्णय नै अन्तिम निर्णय हुन्छ, । “एक लैटि निर्णय भए वडाबाट हुने कुनै पनि कार्यमा सिफारिस गर्दीन” ।

अध्यक्ष निलम्बन भएको खण्डमा कार्यवाहक अध्यक्षले ६ महिना भित्र विषेश बैठक बोलाई साधारणसभा गर्नु पर्नेमा करीब २ बर्ष देखी संस्था अध्यक्ष बिहिन बनेको कारण संस्थाको सम्पुर्ण गतिविधीमा रोक लगाएको सव डिभिजन वन कार्यलय पथरीका प्रमुख दिवस कुमार चौधरीले बताउनु भयो । हालको कार्यसमितिले एक कार्यकाल सदस्य भएकाले मात्रै अवको नेतृत्व लिन पाउने एक पक्षीय विधान संसोधन प्रस्ताव अघि बढाएको छ । तर यता २६ जना टोल कमाण्डर र १ सय ५ जना उपाभोक्ताको हस्ताक्षर सहित आज सबै पदमा खुल्ला हुनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

कार्यवाहक अध्यक्ष हेमभक्त गुरुङ र कोषाध्यक्ष कुलमणी गुरुङलाई करिव दुई बर्ष देखि मनोमानी ढंगमा संस्था चलाएको आरोप छ । प्रमुख ३ पदका ब्यक्तीहरु नभए पछि चुनावको माग गर्दै आएका उपभोक्ताको मागलाई उपेक्षा गर्दे गुरुङ नेतृत्वाको समुहले आफु अनुकुल विधान परीमार्जन गरेको भन्दै उपभोक्ताले साधारण सभाको माग गर्दै आएका थिए । पटक पटकको बैठकबाट सहमती नजुटे पछि र हालका समितिले आफु अनुकुल विधान अघि बढाए पछि टोल कमाण्डर र उपभोक्ताले असहमती जनाएका हुन् ।

पथरी शनिश्चरेको जेठो वन भए पनि आन्तरिक खिच्चातानी भएका कारण वन समुह विवादमा तानिदै आएको छ । हालको समितिले मनोमानी ढंगबाट अपुरो समितिमा मनोनित गर्दै पुर्णता दिने, आउदो चुनावी साधारणसभामा सक्षम र योग्य ब्यक्ती भए पनि नेत्रित्व चयनमा जान रोक लगाएको भन्दै उपभोक्ता समितिहरुबाट खुल्ला प्रतिस्पर्धा हुनु पर्ने माग गर्दै सव डिभिजन वन कार्यलय पथरी शनिश्चरे र पथरी शनिश्चरे वडा कार्यलयमा संयुक्त खवरदारी ज्ञापन पत्र बुझाएको हो ।

संयुक्त खवरदारी ज्ञापन पत्र

सम्बन्धित खवर